nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जिल्ला बचतमा राधा सिंतानकै नेतृत्व

जिल्ला बचत तथा ऋण सहकारी संस्थाको १० औँ साधारण सभाले फेरी राधा सिंतानको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । सस्थाको २७ कात्तिकमा हेटौँडामा सम्पन्न साधरणसभाले सिंतान अध्यक्षमा निर्वाचित भएकी हुन् । 

समितिको उपाध्यक्षमा मञ्जु थिङ, सचिवमा कल्पना श्रेष्ठ, सहसचिवमा मिना चौरेल तथा कोषाध्यक्षमा विजयबहादुर बस्नतेत चयन भएका छन् । सस्थाको सदस्यहरुमा उद्धव लामिछाने, विष्णुमाया लामा, केदारपसाद बस्नेत, बेदनाथ न्यौपाने, पार्वती रानामगर तथा विमला गोपाली चयन भएका छन् । 

संस्थाका अध्यक्ष राधा सिंतानको सभाध्यक्ष तथा जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी संघका सञ्चालक वद्रि प्रसाद लम्सालको प्रमुख आथित्यतामा भएको हो ।