Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

जमिनमा पानीको सतह बढेपछि जब शव पुर्ने ठाउँ भएन

अविरल वर्षापछि आएको बाढीले ६६ भन्दा बढीको मृत्यु भयो । उनीहरु मध्ये एक हुन् सप्तरी कोइलाडी ६ का ८ वर्षीय कमल सदा । निरन्तर वर्षाले विरामी भएका उनको आइतबार मृत्यु भयो । परम्परा अनुसार मृतक बालकको शव पुर्ने पर्ने हो । तर, जलमग्न भएको गाउँमा कमलको शव पुर्ने ठाउँ परिवारले पाएन ।

परिवारका सदस्यहरुले उनको शवलाई कोशी नदीमा बहाइदिने निर्णय गरे । यो तस्वीरमा देखिएका देवकुमार सदा बालकका काका हुन् । उनले कमलको शवलाई कोशीमा बहाइदिए ।

यो तस्वीर युरोपियन प्रेस एजेन्सी (ईपीए)का फोटो पत्रकार नरेन्द्र श्रेष्ठले खिचेका हुन् ।

तस्वीरहरूः

-अनलाइनखबर डटकमबाट