nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

जनमुखी उमेद्वारद्वारा शंख बजाएर चुनावी अभियान

Rana-1511244058.jpg

स्वतन्त्र तर्फका मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर २ का जनमुखी उमेद्वार रणसंग्राम बिष्टले आफ्नो चुनाबि अभियान शुरु गरेका छन् । उनले थाहानगरको शिखरकोट स्थित विकास घरमा शंख बजाएर चनावी अधियान शुरु गरेका हुन् । 

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रतिनिधि सभा क्षेत्र रुपचन्द्र बिष्टको जनमुखि राजनितीको थलो भएको कारण उमेद्वार विष्टले आफूलाई जनमुखि स्वतन्त्र उमेदवारको रुपमा उभ्याएको प्रतिक्रिया दिएकाछन् ।  

थाहा आन्दोलनका अभियान्ता, स्वर्गीय रुपचन्द्र बिष्टको सालिक अघिबाट आफ्नो चुनाब चिन्ह शङ्ख उद्घोष सहित चुनाब प्रचार प्रसार सुरु गरेको बताएकाछन् । कार्यक्रममा आफ्ना समर्थकहरुका माझ, राष्ट्रघात, सन्धिखोर मुर्दावाद्, राजनिती बिरुद्घ गुण्डागर्दी मुर्दावाद नारा लगाइएको थियो ।

थाहा दर्शन र जनमुखी राजनितिलाई ब्यँँझाउन रुपचन्द्र बिष्ट “रुदाने”को जन्म तथा कर्मभूमीमा पुनः रुपचन्द्र विष्टको जनमुखी अभियान दिगो राख्नको लागि आफ्नो उमेदवारी दिएको बताउँदै घरदैलो कार्यक्रमलाई अगाडी बढाइरहेको उमेद्वार विष्टले जानकारी गराएकाछन् ।