nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाका जनप्रतिनीधिले रुदानेको भावना बिर्से–विडारी

राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले जनप्रतिनीधिहरुले रुपचन्द्र विष्ट ‘रुदाने’ को भावनाअनुरुप जनताको सेवकको रुपमा काम नगरेको बताएका छन् । 

जनमुखी नेता रुपचन्द्र विष्टको २० औं स्मृति दिवसमा मकवानपुरको भीमफेदी ९ स्थित लेकाली बसीफाँट माविमा आयोजित अन्तरक्रिया तथा कविता बाचन कार्यक्रममा बिडारीले यस्तो बताएका हुन् । रुपचन्द्र विष्ट जन्मिएको थाहा नगरपालिकाका जनप्रतिनिधिप्रति उनले गम्भीर असहमति जनाए । ‘रुपचन्द्रकै अभियानको नामबाट राखिएको ‘थाहा’ नगरपालिकामा रुपचन्द्रकै अपमान भएको छ । सार्वजनिक सम्पतिको सुरक्षा गर्न पनि जनप्रतिनिधिले चासो देखाएनन्’ बिडारीले भने,–‘थाहा नगरको विकास र जनताको हितका लागि काम हुन सकेन।’ जनताको हितका लागि रुपचन्द्र विष्टको बाटोमा हिँड्न उनले सबैलाई सुुझाव दिए।

विडारीले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले जनताको पक्षमा काम गर्न नसकेको भन्दै आलोचना समेत गरे । रुपचन्द्रको स्मृति दिवसमा थाहा नगरपालिकाले सार्वजनिक बिदाको घोषणा गर्नुपर्ने उनको भनाइ थियो । थाहानगरमा जथाभावी घर निर्माणको क्रम चलिरहँदासमेत थाहा नगरपालिकाले व्यवस्थित गर्न चासो नदिएको भन्दै उनले आपत्ति जनाए ।
 
कार्यक्रममा बिडारीले सहभागीलाई रुपचन्द्रको जीवनशैली र उनको जनताप्रतिको योगदानको बारेमा चर्चा गरेका थिए। कार्यक्रममा मकवानपुर तथा काठमाडौंका एक दर्जनभन्दा बढी साहित्यकारहरूले प्रगतिशील कविता सुनाएका थिए। कार्यक्रममा कवि स्नेह सायमी, निमेष निखिल, अप्सरा तिम्सिना, पुरुषोत्तम आचार्य, सुमनराज श्रेष्ठ, मुक्तान थेवा, शान्तिप्रिय बन्दना, सुवास खनाल, बिरप्रसाद भन्सारी, केशव समर्पण, सिएम रिमाल, भावना सापकोटा, सविता तिमल्सिना, छवि अनित्य, उमाकान्त आचार्यलगायतले रचना बाचन गरेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद कुमार लामाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)