Tuesday, 16th June, 2026
वि.स.

जनप्रतिनीधिबाट पत्रकारलाई दुव्र्यवहार, फोनिज बागमती प्रदेशको ध्यानाकर्षण (विज्ञप्ती सहित)

नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकाका जनप्रतिनीधिले पत्रकारलाई दुव्र्यवहारसहित संचार सामाग्री तोडफोड गरेकोमा नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशले ध्यानाकर्षण भएको जनाएको छ ।

१० असारमा गाउँपालिकाको गाउँसभाको समाचार संकलन गरिरहेका पत्रकारहरुमाथि जनप्रतिनिधिहरुबाट नै भएको दुव्र्यबहार र सञ्चार सामग्री तोडफोड गरेको घटनाप्रति ११ असारमा फोनिज बागमति प्रदेशले विज्ञप्ती प्रकाशन गरी ध्यानाकर्षण भएको जनाएको हो । फोनिज बागमती प्रदेशका महासचिव सुरजकुमार भुजेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा गाउँसभामा समाचार संकलन गरिहेका फोनिज नुवाकोट जिल्ला शाखा सल्लाहकार एवं त्रिशुली खबर साप्ताहिकका सम्पादक नवदीप श्रेष्ठ लगायत टिभि त्रिशुलीका समाचार प्रमुख सुजित भण्डारी र मिक्स एफ.एम प्रमुख विष्णुप्रसाद अधिकारीमाथि गाउँपालिका वडा नं. १ का अध्यक्ष दयानिधि अधिकारी, वडा नं. ३ का अध्यक्ष सुर्यमान श्रेष्ठ र वडा नं. ६ का अध्यक्ष ज्ञानेन्द्र तामाङले दुब्र्यब्यवहार गरी पत्रकार भण्डारीको हातबाट क्यामेर खोसेर तोडफोड गरी क्षति पु¥याएको उल्लेख छ । 

‘नागरिकलाई सुसुचित गराउन गाउँपालिका आफैले बोलाएको कार्यक्रमको समाचार संकलन गरिरहेका पत्रकारहरुमाथि गाउँपालिकाका जिम्मेवार जनप्रतिनिधिहरुबाट नै समाचार संकलनमा रोक लगाउँदै दुब्र्यवहार, आक्रमण र तोडफोड गरिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो ।’ भनिएको छ । घटनाले स्थानीय तहका जनप्रतिनिधिहरुको गैर जिम्मेवारीपनको उजागर हुनुका साथै उनीहरुबाट पत्रकारहरु असुरक्षित रहेको प्रष्ट्याएको जनाइएको छ ।

फोनिज बागमती प्रदेश समितिले घटनाको कडा शब्दमा भत्र्सना गरेको जनाएको छ । उक्त घटनामा संलग्नहरुमाथि छानबिन गरी दोषीलाई कडा कार्वाही गर्न र सुरक्षित एवं स्वतन्त्र रुपमा काम गर्ने बातावरण निर्माण गरी पत्रकारको क्षति पुगेको सञ्चार सामग्रीको क्षतिपूर्ति दिलाउन फोनिज बागमती प्रदेशले विज्ञप्ती मार्फत सम्बन्धीत पक्षसंग माग गरेको छ ।

विज्ञप्ती


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०