Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

छोरा जागिर खोज्ने र बाउ खेताला खोज्ने प्रबृत्तिको अन्त्य जरुरीः उप्रेती

नेकपा एमाले ३ नं प्रदेश कमिटीका सदस्य एबम् मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले युवाहरु स्वरोजगार बनेर देशको सेवा गर्नुपर्नेमा जोड दिएका छन् । मनहरी ७ स्थित तल्लोबजार टोलमा पुगेका उनले स्थानीयबासिन्दाका थुप्रै गुनासोहरु सुनेका थिए । अधिकाँशले बाटो, बिजुली, ढल, खानेपानी लगायतका बिषयहरुमा जिज्ञासा राखेका थिए । सोही क्रममा उप्रेतीले स्वरोजगारी स्थापनाको प्रसंग निकालेका थिए ।

अहिलेको शिक्षाका कारण घरघरमा बेरोजगारी मात्रै उत्पादन भएकोतर्फ इंगित गर्दै उनले एका बिहानै बाउ खेताला खोज्दै गाउँ चाहर्ने र छोरा चाहिँ सर्टिफिकेट बोकेर जागिर खोज्न एकाबिहानै घर छाड्ने स्थिति रहेको बताए । ‘अलि अलि पढेपछि खेतको काम गर्न लाज मान्ने युवाहरु टन्नै भेटिन्छन्’, उप्रेतीले भने–‘घरकै छोरालाई खेताला बनाउन नसक्ने अबस्था देखिन्छ ।’

कार्यक्रममा आगामी दिनमा बामगठबन्धनले प्रदेश र केन्द्र सरकार निर्माण गर्ने गरी दुईतिहाई मत ल्याएर देशको जिम्मेवारी लिने तयारी भइरहेको उनले बताए । कार्यक्रममा स्थानीयबासिन्दाहरुले विकास निर्माण र राजनीतिक पार्टीहरुको गठबन्धनहरुका सम्बन्धमा प्रश्न उठाएका थिए ।

बामलाई जिताउन विद्यार्थीहरु लाग्नुस्ः स्याङ्तान

मनहरी–मकवानपुर क्षेत्र नं २ को प्रदेश सभा ख का उम्मेदवार राजाराम स्याङ्तानले बाम गठबन्धनलाई दुई तिहाई मत ल्याउनेगरी परिचालित हुन विद्यार्थीहरुलाई निर्देशन दिएका छन् ।

पूर्व सांसद एबम् नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य समेत रहेका स्याङ्तानले बामगठबन्धनको मर्म बुझेर सबैलाई कुरा बुझाउँदै हिँड्नुपर्ने जिम्मेवारी विद्यार्थीहरुको भएको बताएका हुन् । मनहरी बहुमुखी क्याम्पसका अनेरास्ववियु र अखिल क्रान्तिकारीका विद्यार्थीहरुलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा बामगठबन्धनका समानुपातिक उम्मेदवार प्रदीप घलान ओम, माओवादी केन्द्रका रामहरि सुवेदी, विद्यार्थी नेताहरु सन्तोष पौडेल, अरुण बर्ताैला, आकाश अधिकारी लगायतले विद्यार्थीहरुको भूमिकाबारे प्रशिक्षणात्मक मन्तब्य व्यक्त गरेका थिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०