nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चौलागाईँको निधनमा एमालेले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

uml-1620815005.jpg

नेकपा एमालेले बागमती प्रदेशसभा सदस्‍य तथा दोलखा निवासी पशुपति चौलागाइको निधनमा केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयहरुमा तीन दिनसम्‍म पार्टीको झण्डा झुकाउने भएको छ ।

पार्टी सचिव शेरबहादुर तामाङद्वारा जारी शोक विज्ञप्तिमार्फत दोलखा निवासी चौलागाइको निधनप्रति दुःख व्यक्त गर्दै वैशाख २९ गतेदेखि तीनदिनसम्‍म पार्टी केन्द्रीय कार्यालयसहित जिल्ला पार्टी कार्यालयहरुमा झण्डा आधा झुकाउने र  तीन दिनसम्‍म शोक पुस्तिका राखिने जनाइएको छ ।

कोरोना संक्रमणबाट मंलबार साँझ निधन भएका एमाले नेता चौलागाइको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।