nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चुनाव कसैले रोक्न सक्दैनः पाण्डे 

नेकपा एमाले मकवानपुर क्षेत्र नंबर १ को आयोजनामा १२ चैत्रमा मकवानपुरको बागमती गाउँपालिकाको फापरबारीमा नेकपा एमालेको जनसभासम्पन्न भएको छ । सभाका प्रमुख अतिथि एमालेका पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डेले एमालेसँग मात्र विकास गर्ने भिजन भएको बताएका छन् । पूर्व स्थानीय विकास मन्त्री समेत रहेका पाण्डेले अबको स्थानीय निर्वाचनमा पनि एमालेलाई विजयी बनाउँदै देश विकासलाई गाउँतहबाट अघि बढाउन आग्रह गरे ।

एमालेको मेची–महाकाली अभियानबाट तर्सिएर सरकारवादी दलहरु विभिन्न वाहानामा चुनाव भाडने षडयन्त्रमा लागीपरेको भएपनि अब देशमा चुनाव हुन कसैले रोक्न नसक्ने दाबी समेत उनको रहेको छ । कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य बिरोध खतिवडाले देशैभर देखिएको एमालेको जनलहरबाट अब जनताहरु विकासँग नजिक हुन खोजेको आभाष भएको बताए । एमाले क्षेत्र नं १ का अध्यक्ष नारायण तिमल्सीनाको अध्यक्षतामा भएको कार्यक्रमामा एमालेका प्रदेश नंबर ३ का सदस्य कृष्णप्रसाद दाहाल, जिल्ला अध्यक्ष मुनु सिग्देल, क्षेत्र नं १ इन्चार्ज कमल विष्ट, युवा संघका केन्द्रीय कोषाध्यक्ष हिदम लामा लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न पार्टी परित्यागष् गरी ८ सय भन्दा बढि एमालेमा प्रवेश गरेका छन् ।