nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चुनावप्रति आलटाल गरे अहिलेको सरकारको औचित्य समाप्तः भट्टराई

अहिलेको सरकारले स्थानीय तहको चुनाव चैत्र महिना भित्रमा पनि गर्न आलटाल गरे सरकारकै औचित्य समाप्त हुने नेकपा एमालेका केन्द्रिय सचिव योगेश भट्टराईले बताएका छन् । संविधान कार्यान्वयन गर्न नेकपा एमाले प्रतिबद्ध रहेको बताउँदै उनले भने–‘चुनाव नगरे संविधान कार्यान्वयन हुँदैन, संविधान कार्यान्वयन गर्न नसक्ने सरकारको औचित्य कसरी हुन्छ ?’ उनले २०७४ माघ महिनासम्म स्थानीय तह, प्रदेश र संघीय संसदको चुनाव गर्नुपर्ने उल्लेख गरे । नेकपा एमाले थाहानगर कमिटि मकवानपुरको आयोजनामा जेसिज सभाहलमा १३ कात्तिकमा भएको कार्यक्रममा सचिव भट्टराईले देशमा जति पनि विकासको फड्को मारेको छ, त्यो एमालेकै सरकार भएको बेलामा भएको जिकिर गरे । 

नेकपा एमालेकै सरकार भएको बेलामा मुलुकमा सामाजिक सुरक्षा भत्ता मासिक एकसय रुपियाँबाट शुरु गरेर अहिलेसम्म आइपुग्दा एमालेकै सरकारले दुई हजार पु¥याएको उल्लेख गरे । सामाजिक सुरक्षा भत्तालाई यस वर्षको बजेटबाट दोब्बर बनाइएको उनले दोहो¥याए । यस वर्षको बजेटलाई कनिका छरेको बताउने नेपाली काँग्रेसलाई इङ्कित गर्दै एमालेको सरकारले बीऊ छरेको सुनाए । उनले भने–‘सामाजिक सुरक्षा भत्ता अझै बढाउँछौं, काँग्रेस कनिकाको संज्ञा दिन्छ कहिल्यै उम्रिदैन, एमाले बीऊ छर्छ उम्रिन्छ पनि तङ्रिन्छ पनि ।’  

एमाले केन्द्रीय प्रचार विभाग प्रमुख समेत रहेका सचिव भट्टराईले –‘एक मधेस, एक प्रदेशमा एमालेले कहिल्यै सम्झौता नगर्ने बताए । मधेस वा तराई नेपालमा पछि जोडिन आएको भूभाग नभएर मधेस पनि नेपाल नै भएकोले मधेस छुट्टै प्रदेश हुन नसक्ने उनको भनाइ थियो । मधेसमा विभिन्न जात, धर्म संस्कृतिले धनी भएकोले पनि यो एउटै प्रदेश हुन नसक्ने उनले प्रष्ट्याए । नेकपा माओवादी केन्द्र हुन्छ जस्तो कुरा गर्ने र काँग्रेस मुन्टो हल्लाएर बस्ने परिपाटीले मधेसको मुद्दा टुङ्गो लाग्न नसकेको उनको कथन थियो । उनले चेतावनी दिदै भने–‘एक मधेस, एक प्रदेशको सवाल माओवादी र काँग्रेसले आफ्नो पार्टीको केन्द्रिय समितिको बैठकमा उठाएर देखाउन अवस्था कस्तो हुन्छ त्यसपछि थाहा पाउनेछन् ।’ मधेस केन्द्रीत दलहरुलाई संकेत गर्दै घरको झगडा घरमै नमिलाई छिमेकीलाई मिलाउन गुहार माग्दा समाधानको सट्टा शुमा समाधान भएजस्तो भए पनि दीर्घकालिन नहुने बताए । उनले भने–‘नेपालको समस्या मोदीले हैन नेपाली जनता र नेपालकै राजनीतिकदलहरु मिले मात्र समाधान हुन्छ ।’ 

भट्टराईले नेपालको संविधान विश्वमै उत्कृष्ट भएकोले कार्यान्वयनमा सबै दल एकजुट हुनुपर्ने बताए । भूकम्पले सबै दललाई एकै ठाउँमा उभ्याएर संविधान जारी भएको स्मरण गर्दै अख्तियारका लोकमान सिंह प्रकरणमा पनि सबै दल एक हुनुपर्ने धारणा राखे । प्रतिशोधका आधारमा मुद्दामा तान्ने र सर्वोच्च अदालतको निर्देशन समेत अटेर गर्ने उनलाई महाअभियोगको प्रस्ताव गरेको बताए । भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको पक्षमा जुन दल लाग्छन् तिनको राजनीति समाप्त हुने टिप्पणी गरेका छन् । ‘लोकमानको पक्षमा सती जाने र बैतर्णी तार्न खोज्ने जो सुकैको आफ्नै बिजोग हुन्छ’ उनले भने–‘अदालतको मानहानीलगायत अख्तियार दुरुपयोगमा कार्कीले सजाय पाउनुपर्छ ।’ कानून भन्दामाथि कोही छैन भन्ने देखाएमात्र गणतन्त्रको मर्म जनताले अनुभव गर्न सक्ने उनले बताए । 

भट्टराईले रुपचन्द्रलाई सम्झे

शुभकामना तथा चियापन कार्यक्रममा थाहानगर आएका एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराइले रुपचन्द्र विष्टलाई सम्झे । विष्टको राजनीति जीवन शुरु हुँदा आफू विद्यार्थी नै रहेको उल्लेख गर्दै रुपचन्द्रं विष्ट जनताका सच्चा नेता भएको बताए ।

भट्टराइले भने–‘छाप्रे र श्रमजीवीको कुरा काठमाण्डौं पु¥याउने विष्ट जननायक थिए ।’ श्रम, शिक्षा, आत्म निर्भरको सवाल उठाउने रुपचन्द्रलाई सम्झँदै उनले भने–‘विष्ट मान्छेलाई बाटो देखाउने नेता हुन् ।’ उनले रुपचन्द्र विष्टकै अभियान थाहाको नाममा नगरपालिका नामाकरण भएकोमा खुशी व्यक्त गरे । विष्टको सपना साकार पार्न नामको साथै आफ्नो ठाउँ बनाउन आफै सक्रिय हुनुपर्ने बताए । पर्यटन र कृषिको उर्वर क्षेत्र भएकोले गुरु योजना बनाएर विकासको लागि जुट्न आग्रह गरे । उनले भने–‘गुरु योजनामा कहाँ सहयोग गर्नुपर्छ भन्नुहोस् हामी सहयोग गर्न तत्पर छौं ।’

शुभकामना कार्यक्रममा सम्मान

नेकपा एमाले थाहानगर कमिटिले आयोजना गरेको चियापन तथा शुभकामना कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई उच्च सम्मान गर्दै कदरपत्र प्रदान गरेको छ । थाहानगरमा कला क्षेत्रमा उच्च योगदान दिएकोमा थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तान सम्मानित भएकाछन् । थाहा नगर कमिटिले गरेको कार्यक्रममा केन्द्रय प्रचार विभाग प्रमुख भट्टराईले अध्यक्ष मोक्तानलाई कदरपत्र प्रदान गरेका    हुन् । 

त्यस्तै नव क्षितिज कला केन्द्रका निर्देशक विजयश्याम अमात्य, कलाकार आशाकाजी श्रेष्ठ, बज्रवाराहीका स्थानीय गायक देमन्त गोपाली र एलिना रानालाई पनि एमाले थाहानगर कमिटिले सम्मान गरेको छ । गोपाली ‘दोस्रो थाहा महोत्सव’मा भएको थाहा आइडलका गायन तर्फका उत्कृष्ट हुन् भने राना नृत्य तर्फकी उत्कृष्ट कलाकार हुन् । त्यस्तै स्थानीय गायक मुक्तिनाथ उप्रेतीलाई पनि एमाले थाहानगर कमिटिले सम्मान गरेको छ । 

कार्यक्रममै देउसी रे !

एमाले थाहानगर कमिटिको आयोजनामा भएको कार्यक्रममा थाहा कला केन्द्र र नव क्षितिज कला केन्द्रले वृहत्त साँस्कृतिक कार्यक्रम संचालन गरेको थियो । कार्यक्रमको अवसरमा शुभकामना आर्दान प्रदान मात्र भएन दुई कला केन्द्रको तर्फबाट भएको साँङ्गितिक माहोलले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

कार्यक्रमको अवसरमा नव क्षितिज कला केन्द्रलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहयोग गर्नु भएको विद्युतीय सामाग्रीहरु कार्यक्रमका प्रमुख अतिथी भट्टराइले कला केन्द्रलाई हस्तान्तरण गरे । कार्यक्रममा आफ्नो कलाकारिताको इतिहाँसकै खुशीको दिन भएको निर्देशक विजयश्याम अमात्यले बताए । उनले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई धन्यवाद दिए । कला केन्द्रको प्रस्तुतिलाई मन पराएर पालुङ भ्याली हार्ट एकेडेमीले पाँच हजार रुपियाँ सहयोग गर्ने एकेडेमीका फाण्डर प्रिन्सीपल सुरेन्द्रमान प्रधानले घोषणा गरे । कार्यक्रमकै अवसरमा एमाले जिल्ला कमिट सदस्य तथा थाहानगर इन्चार्ज रामचन्द्र बलले पनि पाँच हजार र मकवानपुर २ नंबर क्षेत्रिय इन्चार्ज विष्णु प्रसाद ढकालले बीस हजार रुपियाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथी भट्टराईले सहयोगका लागि कलाकेन्द्रलाई काठमाण्डौं आउन आग्रह गरे । सहयोग रकम वा सामाग्री उल्लेख नगरी उनले उल्लेख्य सहयोग हुने बाचा गरेका छन् । नव क्षितिज कला केन्द्रका कालाकारहरुले कार्यक्रम स्थलमा भैलो र देउसी समेत खेलेका थिए । 

नेकपा एमाले थाहनगर कमिटिले शुभ विजया दशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्वको सन्दर्भमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा नेकपा एमाले प्रदेश नम्बर ३ का सदस्य महेश्वर सुवेदी, एमाले मकवानपुरकी उप सचिव मिना लामा, मकवानपुर २ नंम्बर क्षेत्रिय इन्चार्ज विष्णु प्रसाद ढकाल, क्षेत्रिय उपाध्यक्ष जीवन लामा, थाहानगर इन्चार्ज रामचन्द्र बल, थाहानगर कमिटी अध्यक्ष अच्युतम् प्रसाद ढकाललगायतले शुभकामना व्यक्त गरेका थिए । 

थाहानगर सचिव सुरेन्द्रमान प्रधानबाट संचालित कार्यक्रमका सहभागीहरुलाई नेकपा एमाले थाहानगर सचिवालय सदस्य कल्पना बलामीले स्वागत गरेकी थिइन् । कार्यक्रममा पालुङ जेसीज वर्ष २०१६ का अध्यक्ष शिवकुमार खत्री, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका जिल्ल सदस्य हरिकृष्ण कार्कीलगायत विभिन संघसंस्थाका पदाअधिकारीहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रम थाहानगर कमिटी अध्यक्ष अच्युतम् प्रसाद ढकालको सभाध्यक्षतामा भएको थियो ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)