Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

चुनाबले नेपाल कस्तो बनाउने भन्ने निक्र्यौल निकाल्छ– खतिवडा

बाम गठबन्धनका तर्फबाट प्रतिनिधी सभा क्षेत्र नम्बर २ का उमेद्वार बिरोध खतिवडाले अहिले हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाबले नेपाल कस्तो बनाउने भन्ने निक्र्यौल निकाल्ने बताएका छन् । बाम गठबन्धनले मात्र नेपाल कस्तो बनाउने निक्र्यौल निकाल्न सक्ने भएकोले अहिलेको चुनाबमा बाम गठबन्धनलाई नै भोट हाल्नुपर्ने बताए ।

हेटौंडा वडा नम्बर ३ को लेबट तथा १९ नम्बरको बस्तीपुर र नेवारपानीमा भएको संयुक्त कार्यकर्ता भेटघाट तथा अन्तरकृया कार्यक्रममा बोल्दै एमालेका केन्द्रिय सदस्य समेत रहेका खतिवडाले गठबन्धनलाई जिताए अधिनायकबाद आउँछ भन्ने काँग्रस आँफै अधिनायकबादको पक्षमा रहेको धारणा राखे । उनले भने‘– राप्रपासँग गठबन्धन गर्दै अगाडि  बढिरहेको तथ्यले पनि काँग्रेस अधिनायकबादको पक्षमा रहेको पुष्टि हुन्छ ।’

कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य देबराज रीमाल, इश्वर ढुंगाना, अनेरास्वबियुका केन्द्रिय उपाध्यक्ष महेश बर्तौला, नेकपा माओबादि केन्द्रका सचिबालय सदस्य ओम घलान, प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश सभा ख का उमेद्वार राजाराम स्याङतान लगायत सहभागि थिए । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०