nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 12th May, 2024
वि.स.
1000043965-1707579226.jpg

चित्लाङ-थानकोट सडक छिटो निर्माण सक्न स्थानीयको खबरदारी

Chitlang-1574649761.jpg

मकवानपुरको थाहा नगरपालिका र उत्तरी मकवानपुरलाई काठमाण्डौं जोड्ने थानकोट–चित्लाङ सडक अर्थात गणेशमान मार्ग छिटो भन्दा छिटो सम्पन्न गर्न दवाव दिने उद्देश्यले सडक अनुगमन तथा जनजागरण कार्यक्रम गरिएको छ । 

हलि नेवा गुठी टिस्टुङ शाखाको आयोजनामा सरोकारवाला स्थानीयहरुको एक टोली आयोजना निर्माण स्थल चन्द्रागिरी सडकमै पुगेर आयोजनाको कार्यप्रगति अनुगमन गरेको हो । जनसरोकार तथा अनुगमन कार्यक्रममा संलग्न टोली थानकोट सडक निर्माणमा ढिलासुस्ती तथा ठेकेदारको लापरवाही भएपछि यस्तो कार्यक्रमको आयोजना गरिएको हो । जनसारेकार टोलीले निर्माण स्थलमा एक कोणसभा आयोजना समेत गरेको थियो ।

२०७३ साल साउन ४ गते सुरु भै ०७४–कात्तिक १६ मा संम्पन्न हुनु पर्नेमा २०७५मंसिर १६ म्याद थपेर पनि अझै उक्त आयोजना सम्पन्न भएको छैन ।

अहिलेसंम्म आयोजना सम्पन्न नगरी ठेकेदार कम्पनीले लापरवाही गरेका कारण उपभोक्तालाई निक्कै सास्ती परेको र करोडौंको क्षति पुगेको स्थानीयको दावी छ ।  सिताराम गोपालीको सभाध्यक्षतमा भएको कार्यक्रममा हलिं नेवा गुथीका केन्द्रीय महासचिव बिनोद महर्जन, टिस्टुङ बज्रबाराही नेवा पुचका अध्यक्ष हरिगोपाल महर्जन लगायत स्थानीय समाजसेवी, वुद्धिजिवी तथा नागरिक समाजको उल्लेख्य उपस्थिति रहेको थियो ।