nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चित्लाङ–थानकोट सडक निर्माणले ‘विकासे काउकुती’ जगायोः मन्त्री फुयाँल

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले चित्लाङ–थानकोट सडक (गणेमानसिं मार्ग) सभ्याताको विकास गर्ने मूलबाटो भएकाले यसको निर्माण द्रुतगतिमा हुन आवश्यक भएको औल्याएका छन् । सदियौंदेखिको मुल बाटोलाई सडक बनाउनका लागि संघीय सरकारले थालनी गरेको र पछिल्लो समयमा भएको ढिला सुस्तीपछिको निर्माणले लिएको गतिलाई इङ्गित गर्दै मन्त्री फुयाँलले सडक निर्माणमा स्थानीयहरु र जनप्रतिनीधिहरुले देखाएको चासोले आफूलाई काउकुति महशुस भएको सुनाए ।  

चित्लाङ थानकोट सडक निर्माणको अनुगमन निरीक्षणका क्रममा मन्त्री फुयाँलले भने,–‘मान्छे काउकुती लागेसी त्यत्तिकै पनि हाँसिरहन्छ नि, हो त्यस्तै भएको छ, अर्थात उत्साहपूर्ण रुपमा बाटो निर्माण भेरहेको छ ।’ अहिले चित्लाङका जनतालाई विकासे काउकुती लागेको बताउँदै मन्त्री फुयाँलले सभ्यता जोगाउने र टिकाउने भूमिकामा रहेका चित्लाङबासीको सानदार सफलता भएको बताए । काठमाण्डौंको इतिहाँस कोर्ने बाटो चित्लाङ–थानकोट सडक भएको बताए । चित्लाङकै बाटो भएर सम्राट अशोक, लक्ष्मी प्रसाद देवकोटा किन हिँडे ? खोज्नुस् ! इतिहास प्रचार गर्न आवश्यक भएको उनको भनाइ थियो । सडक निर्माणमा ज–जस्ले पाटीभन्दा माथि उठेर चन्द्रसुर्य अर्थात देश सम्झेर लागि परेका छन् सबै प्रशंसनयि व्यक्ति भएको मन्त्री फुयाँलको भनाइ छ । उनले स्थानीयहरुको योगदानको प्रसंग कोट्याउँदै भने–‘हेर्नुहोस् बुद्धरत्न सर ६०/६१ बाट १७/१८ मा झर्नु भएको छ, जाँगर र उत्साह उस्तै विकासे ठिटो ।’ 

सडक निर्माण सबैको जाँगर र उत्साहका कारण  संभव भएको बताउँदै यसमा भएका नेगेटिभ ३५ प्रतिशत आजै डिलिट गर्न उनले सुझाव दिए । काम गर्नेको पछाडी मान्छे लाग्ने बताउदै उनले भने–‘म जस्तै तपाइहरु पनि आलोचनालाई शक्तिका रुपमा ग्रहण गर्नुस्, ठकि बेठकि त जनताले छुट्याउँछन् ।’ राम्रो कामको प्रचार गर्न प्रेसका साथीहरुले जाँगर लागाउन आग्रह गर्दै उनले भने–बाँकीले पनि जाँगर लगाउनुस् । 

अनुगमन निरीक्षणकै क्रममा आफु बाटो हिँड्न मात्र नआएको बताउँदै सडक निर्माणका क्रममा भएका अप्ठ्याराहरु संघीय सरकारसंग बसेर टुङ्ग्याउने काम गर्न प्रतिवद्ध फिल्डमै प्रण गरे । प्राविधिक कुरा नमिले आयोजना जिम्मेवार हुनुपर्ने बताउँदै मन्त्री फुयाँल भन्छन्–‘कानूनी अड्चन आए म फुकाउँछु, तपाइहरु जुट्नुस साथम म छु ।’ मन्त्री फुयाँलले सडक निर्माणको अनुगमन गर्न कात्तिक २७ गते विहान ११ बजे संघीय सरकारका भौतिक योजना तथा यातायात मन्त्री बसन्त कुमार नेमवाङ आउने बताए । मन्त्री फुयाँलले थपे–‘दशै लगतै संघीय र प्रदेश सरकारको उपस्थितमिा स्थानीय सरकारको सहभागितामा वन र पुर्वाधार मन्त्रीको समेत उपस्थितमिा कानुनी जटिलता टुङ्ग्याउन बैठक बस्छौं, त्यसबाट पनि निर्माणमा थप सहजीकरण हुनेछ ।’ 

सडक स्तरीकरणसंगै कालोपत्रे गर्नुपर्ने भएकोले त्यसका लागि आयोजनालाई जिम्मेवार बनाउने उनको भनाइ छ । मन्त्री फुयाँलले स्थानीयहरुलाई सडक निर्माणका ढुक्क हुन आग्रह गर्दे भने–‘मिनेट–मिनेट अनि घण्टा हैन पला हेरेर काम गरम, सफल भईन्छ ।’ काठमाण्डौं प्रवेशको चार भन्ज्याङ मध्येको मूल बाटो सडकमा परिणत भएको सफलतासंगै सभ्यता विकासमा नेपाललाई विश्वमा चिनाउन बल पुग्ने उनको भनाइ छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)