nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चित्लाङ–थानकोट सडक निर्माणले गति लियो

बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले चित्लाङ–थानकोट सडक सबैको एकमतताका कारण सजिलै सम्पन्न हुन बताएका छन् । सडक निर्माण नगर्ने विषयमा कसैलाई ‘छुट नभएको’ मन्त्री फुयाँलले बताए । १ कात्तिकमा मन्त्री फुयाँलसहितको टोलीले सडकको स्थलगत निरीक्षण गर्दै उनले यस्तो बताएका हुन् । 

सबैभन्दा पहिले आफैमा सडक निर्माण हुनेमा विश्वाससहित अघि बढ्न आवश्यक भएको ओल्याउँदै सडक विकास हुनेमा कोही कसैलाई शंका नगर्न मन्त्री फुयाँलले आग्रह गरे । २३ सय वर्ष पुरानो इतिहाँस बोकेको सडक निर्माणका लागि आफू प्रतिवद्ध रहेको धारणा राखे । ११ साउनमा चित्लाङमा भएको सर्वपक्षिय बैठकको स्मरण गराउँदै भने–‘मैले हावा कुरा गर्यो भन्ने लाग्या थियो होला, अहिले देख्नू भयो नि ।’ ११ साउनको संयुक्त बैठक पश्चात सडक निर्माणको गति तिब्र भएको हो । कानून अनुसार पाउने अधिकार ठेकेदार कम्पनीले पाउने बताउँदै उनले समयमै सडक बनाउन ठेकेदारलाई सबैले उत्साह पैदा गरिदिन पर्ने बताए । ‘ काम नपाएर होईन, कामका लागि बैठक बसौं, समिक्षा गरौं’ मन्त्री फुयाँल भन्छन्–‘पहिले सिस्टम थिएन, अब सिस्टम बसेको छ, सिस्टममा काम गरौं सडक बन्छ ।’ उनले आफू यहि बाटो ओहोर दोहोर गर्ने समेत बताए । सडक निर्माणको सम्बन्धमा मन्त्री फुयाँलले ३ कार्तिकमा समिक्षा बैठक बस्ने बताएका छन् ।  
 
संक्षिप्त कुराकानीमा थाहानगर प्रमुख लवशेर विष्टले सडक निर्माण स्थलमा संविधान सभा सदस्य सुभाषसिंह ठकुरीको योगदानको प्रशंसा गरे । प्रमुख विष्टले भने–‘बाटो बनाउने कुरामा सबै सकारात्मक छौं, हुनुपर्छ संविधासभाको माननीय विहान ७ बजे आएर बेल्का ७ बजेसम्म बस्नुहुन्छ, सरहरु यहि काममा खटिइ रहनु भएको छ ।’ स्थानीयहरुले गरेको काम र योगदानको विष्टले खुलेर प्रशंसा गरे । निर्माणका क्रममा स्थानीयहरुबीचमा कुनै समस्या नभएको बताउँदै ठेकेदार कम्पनीको म्याद सकिएकाले कानूनी सवालको व्यवस्थापन आवश्यक भएको औल्याउँदै मन्त्री फुयाँललाई यसको सहजीगरण गरिदिन आग्ह गरे । 
ठेकेदार कम्पनी अहिले सडक निर्माणका लागि सकारात्मक भएको स्थानीय समाजसेवी वुद्धरत्न मानन्धर बताए । दिनदिनै ठेकेदारले निरीक्षण गर्ने गरेको मानन्धरको भनाइ छ । उनले भने–‘हामी डिपिआरलाई छोड्दै छोड्दैनौं, डिपीआर अनुसार काम गर्ने हो जत्तिमा सक्न पर्छ निर्माण कम्पनीले सकोस ।’ थाहा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष परशुराम श्रेष्ठले अब गफ मात्र नभई काम हुनुपर्ने बताए । अहिलेसम्म भाषणमा सीमित भएको पुरानो कुरा कोट्याउँदै अहिले कामले गति लिएको वडाध्यक्ष श्रेष्ठको भनाइ थियो ।  

सडकको स्थलगत निरीक्षणमा मन्त्री फुयाँल सहित थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्ट, ९ नम्बर वडाध्यक्ष परशुराम श्रेष्ठ, नेकपा थाहानगरका सचिव सानुकाजी गोपाली, स्थानीय समाजसेवी बुद्धरत्न मानन्धरलगायत स्थानीयहरुको सहभागिता रहेको थियो । चित्लाङ–थानकोट सडकको ८ दशमलव ६ किलोमिटर सडक सुधारको काम अहिले भैरहेको छ । 


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)