nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

चित्लाङ–थानकोट गणेशमान मार्गको संघीय सरकारले स्तरोन्नती गर्ने निर्णय

मकवानपुर थाहा नगरपालिकालाई संघीय राजधानी काठमाण्डौं जोड्ने चित्लाङ–थानकोट सडक स्तरोन्नती संघीय सरकारले गर्ने निर्णय भएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको मन्त्री परिषद् बैठकले चित्लाङ–थानकोट गणेशमान मार्ग संघीय सरकारले स्तरोन्नती गर्ने निर्णय गरेको हो । प्रदेश वा संघीय सरकार कस्ले निर्माण गर्ने अन्यौलता भइरहेको बेला उक्त सडको स्तरोन्नती गर्ने निर्णय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिए ।

चित्लाङ–थानकोट गणेशमान मार्ग अन्तर्गत थाहा–९ स्थित चन्द्रागिरी भन्ज्याङ। फोटोः विकासखबर

थाहानगरलाई काठमाण्डौं जोड्ने मुख्य नाकाको रुपमा रहेको चित्लाङ–थानकोट सडक निर्माणका लागि मन्त्रीपरिषद्को निर्णयपछि बाटो खुलेको थाहानगर प्रमुख लवशेर विष्टले प्रतिक्रिया दिए । नगरलाई कृषि, पर्यटन प्रवद्र्धन र अन्य पूर्वाधार विकासमा समेत यो सडक स्तरोन्नती भएपछि ठूलो सहयोग मिल्ने प्रमुख विष्टले जानकारी दिए ।  ‘अब सडक स्तरोन्नतीको निर्णयलाई कार्यान्वयन गरी सक्दो छिटो सडकमा सहज यातायात आवागमनमा सहयोग पु¥याउन संघीय सरकारलाई अनुरोध छ’–विष्टले भने । 

चित्लाङ–थानकोट सडकको अनुमानित लागत १ अर्ब १३ करोड छ । यसअघि संघीय सरकारले चित्लाङ–थानकोट सुरुगमार्ग निर्माण गर्ने गरी प्रारम्भिक कार्य शुरु गरेको अवस्थामा थानकोट–चित्लाङ सडक पनि केन्द्रीयस्तरले बजेट बिनियोजन गरी निर्माण गर्न उपयुक्त देखिएको भन्दै प्रदेश–३ सरकारले संघीय सरकारलाई पत्र पठाएको छ ।

तीन दशकअघि निर्माण सुरु गरिएको सडकको महत्वलाई ध्यानमा राखेर सरकारले छुट्टै आयोजना गठन गरी प्राथमिकताको सूचीमा राखेको छ । यसअघि काठमाडौं सडक विभागले थानकोट–चित्लाङ गणेशमान मार्गको सुस्तगतिमा निर्माण गर्दै आएको थियो । उक्त सडकको लम्बाई २२.५ किलोमिटर छ । आयोजनाले सडक स्तरोन्नतिका लागि २०७१÷०७२ देखि काम शुरु गरेको हो ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)