nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चित्लाङ–चन्द्रागिरि सडक वैशाख भित्रै खुल्ने

फोटो : गणेश विष्ट थााह टाइम्सपर्यटकीय नगरी थाहालाई छोटो दुरीमा काठमाण्डौं जोड्ने नाका ‘चित्लाङ–थानकोट सडक’ पुरापुर खुलाउने कार्यका लागि निर्माण कार्यलाई तिब्रता दिइएको छ । पर्यटकहरुलाई छोटो दुरीमा काठमाण्डौंबाट नगर भित्र्याउने बहुचर्चित सडक चित्लाङ–थानकोट (गणेशमान मार्ग) सडक २०७८ वैशाख भित्रमा खुलाइसक्ने गरी कार्य भैरहेको चित्लाङका पर्यटन व्यवसायी राम शरण नेपालले बताए । उक्त सडक तीन वर्षअघिबाट फराकिलो बनाउने योजनासहित निर्माण कार्य थालिएको हो ।

सडकको ठेकेदार कम्पनी किरातेश्वर कन्ट्रक्सनले वि.सं. २०७४ मंसिरदेखि नै गणेशमान मार्गको निर्माण थालेको हो । सडक निर्माण थालिएपछि स्थानीयले मात्रै नभइ चित्लाङ घुम्न आउने पर्यटकले समेत घुमाउरो बाटोबाट यात्रा गर्नुपर्ने बाध्यता भएको छ । निर्माण थालिएको लामो समयसम्म पनि सडक निर्माण प्रक्रिया सम्पन्न हुन नसक्दा दक्षिणकालीबाट फाखेल तथा सिस्नेरी वा नौबिसे हुँदै कुन्छालबाट चित्लाङ पुग्नुपर्ने बाध्यता रहेको छ । 

चित्लाङ थानकोट सडक जति स्तरीकरण हुँदै जान्छ पर्यटक भित्र्याउन सजिलो हुने व्यवसायी नेपालको भनाइ छ । पर्यटकमैत्री होटल रिसोर्ट तथा होमस्टेहरु हुँदाहुँदै पनि पर्यटक भित्रने नाकाको सडक नखुल्दा व्यवशायीहरुले व्यवशायमा धक्का महशुस गर्दै आएका छन् । थाहानगरमा पर्यटकीय पूर्वाधार विकास भइरहेको बताउँदै आउने–जाने सहज बाटो नभएकै कारण यहाँको पर्यटकीय प्रडक्टले बजार लिन नसकको नगर प्रमुख लवशेर विष्टले बताए । उनले  भने–‘चित्लाङ चन्द्रागिरी बाटोलाई थप  स्तरीकरण गर्नसके यहाँको घरघरमा होमस्टे, गाउँ–गाउँमा रिसोर्ट संचालान हुनेछ ।’ सडक स्तरीकरणको लागि सम्बन्धित निकायमा पहल गर्ने र थाहाकै पर्यटकीय नाकाको रुपमा यो सडकलाई विस्तार गरिने विष्टले बताए । 

चित्लाङबाट काठमाण्डौं २२ किमीको दुरीमा पुग्न सकिने भएपनि काठमाडौं पुग्न ४ घण्टाको बाटो यात्रा गर्नुपरेको भन्दै यसअघि स्थानीयहरु निर्माण व्यवशायीसंग रुष्ट भएका छन् । वि.स. २०७५ माघ २१ गते बसेको  मन्त्रिपरिषद्को बैठकले सडकको  स्तरोन्नती संघीय सरकारले गर्ने निर्णयसमेत गरेर सडकको निर्माण प्रक्रिया अघि बढाइएको भएपनि सोचेजस्तो काम नभएको स्थानीयहरु बताउँछन् । गणेशमान मार्ग उत्तरी मकवानपुरलाई काठमाडांैसँग जोड्ने सबभन्दा छोटो सडक मार्ग हो । करिब तीन दशकअघि निर्माण सुरु गरिएको सडकको महत्वलाई ध्यानमा राखेर सरकारले छुट्टै आयोजना गठन गरी प्राथमिकताको सूचीमा राखेको छ । आयोजनाले सडक स्तरोन्नतिका लागि २०७१÷७२ देखि काम सुरु गरेको हो ।

१ अर्ब १३ करोड  उक्त सडकको अनुमानित लागत छ । चित्लाङ–थानकोट सडकखण्ड निर्माणको काम वि.स. २०६० सालभन्दा अघि देखि नै शुरु गरिएको हो ।

अवरोध हुँदैन: चन्द्रागिरि नगरपालिका 

चित्लाङ–थानकोट सडक (गणेशमान सिंह र।ाजमार्ग) को स्तरीकरण तथा निर्माण कार्यमा चन्द्रागिरि नगरपालिकाले अवरोध नगर्ने खुलाएको छ । 

सडक स्तरीकरण गर्ने क्रममा स्थानीयहरुले फागुनको अन्तिम साता विभिन्न माग राखेर अवरोध गर्न थालेपछि थाहानगरबासीले चन्द्रागिरि नगरपालिकामा कारण देखाउन भन्दै दबाब दिएको थियो । खास गरेर चित्लाङका पर्यटन व्यवसायीलगायतले पालिकामा दवाव दिएपछि चन्द्रागिरिले घुमाउरो शैलीमा अवरोध नहुने आशयको सूचना प्रकाशन गरेको हो । 

चित्लाङ–थानकोट खडक खण्डको पानीघाटदेखि देउराली डाँडासम्मको बाटो निर्माण गर्दा निश्किएको ढुङ्गा, माटो, ग्राभेल र गिटि ओसापसारको    राजश्वबाट सम्बन्धीत वडाको विकासमा खर्च गर्ने सूचनामै खुलाएको छ । 

सडक पुर्वाधार शुल्कबाट उठेको रकम मध्येबाट हुन आउने २० प्रतिशत रकम सम्बन्धीत वडा कार्यालयको सिफारिसमा सडक, वन, खानेपानी, पहिरो र विपद व्यवस्थापनमा खर्च गर्न पाउने निर्णय पालिकाको छ । पालिकाको ८ चैतमा बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।  
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)