Wednesday, 17th June, 2026
वि.स.

चित्लाङको थाहा बहुप्राविधिक शिक्षालयको विद्यार्थी कोटा र शुल्क निर्धारण

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ९ चित्लाङमा  प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) अन्तर्गत रहेको थाहा बहुप्राविधिक शिक्षालयले डिप्लोमा तहमा चालु शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना कोटा र शुल्क निर्धारण गरेको छ । 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी एवं थाहा बहुप्राविधिक शिक्षालय संचालक समितिका अध्यक्ष दिपकराज नेपालको अध्यक्षतामा बसेको थाहा बहुप्राविधिक शिक्षालय संचालक समितिको बैठकले डिप्लोमा तहका शैक्षिक कार्यक्रममा ४० जना विद्यार्थी भर्नाको लागि कोटा र शुल्क निर्धारण गरेको हो । 

खुल्ला, लक्षित र प्रायोजित कोटा अन्तर्गत भर्ना हुने विद्यार्थीहरुले पूर्ण शुल्क बझाउनु पर्नेछ भने जेहेन्दार र वर्गीकृत कोटामा पर्ने विद्याथीहरुले निःशुल्क रुपमा अध्ययन गर्न पाउने छन् । लक्षीत वर्गीय कोटामा पर्ने विद्यार्थीहरुले भने ५० प्रतिशतमात्र शुल्क बुझाउनु पर्ने हुन्छ । प्रायोजित कोटा अन्तर्गत भर्नाका लागि प्रतिष्पर्धा गर्दा कम्तिमा ३ वर्ष सेवा गरेको बहालवाला कर्मचारी हुनुपर्ने निर्णय गरिएको छ । 

थाहा बहुप्राविधिक शिक्षालयमा अहिले वन विज्ञान विषयमा ३ वर्षे डिप्लोमा तहको पठनपाठन भइरहेको छ भने शिक्षालयले हाइड्रो र पशुविज्ञानमा पनि शैक्षिक कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको छ । 

विस्तृतमा हेर्नुहोस्:

कोटा सम्बन्धी विवरणः

शुल्क सम्बन्धी विवरणः


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०