nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चित्लाङः होमस्टे थपिदै, दर्ताबिनै सप्रिदै

पर्यटकीय पहिचान बोकेको मकवानपुरको थाहा नगरपालिकामा विभिन्न आकर्षणले नगरमा पर्यटकहरु तानिएका छन् । नगरका विभिन्न ठाउँबाट गर्न सकिने अवलोकन र यहाँको नेपालीपनका कारण पर्यटक थाहामा आकर्षित भएका हुन् । पुरातात्विक तथा ऐतिहाँसिक वस्तुहरु भएको थाहामा अनुसन्धनात्मक पर्यटकहरु समेत आउने गरेका छन् । त्यस्तै पर्यटकलाई यहाँ तान्ने गर्ने अर्को आकर्षण हो, होमस्टे । 

थाहानगरका धेरै गाउँहरुमा होमस्टे छन् । तर पर्यटकलाई आ–आफ्नै ढंगले राख्ने र उनीहरुबाट पैसा असुल्ने त्यस्ता होमस्टेहरु कतिपय दर्ता नै नभई संचालनमा भएका छन् भने कतिपय नगरपालिकामा समेत सूचीकृत छैनन् । नगरपालिकाका एक अधिकारीका अनुसार–‘नगरका विभिन्न क्षेत्रमा होमस्टे छन् तर सूचीकृत छैनन् ।’ सरकारलाई कर छल्ने बहानामा रेष्टुरेन्टको शैलीमा होमस्टेहरु संचालन भइरहेका   छन् । 

मकवानपुरकै पहिलो पर्यटकीय गाउँ चित्लाङमा धरै होमस्टे छन् यिनीहरुको व्यवस्थापन कमजोर छ । चित्लाङ पुगेका पर्यटकहरु त्यहाँ रहेका होमस्टेहरुले प्रदान गर्ने सेवा र तिर्नुपर्ने मुल्यप्रति गुनासो गर्न थालेका छन् । एक पर्यटकले भने–‘नाम मात्र होमस्टे, सर्भिस र लगानी रिसोर्ट जस्तो छ ।’ पछिल्लो समय थाहा–१० मा रहेको जैतुन फर्ममा पनि होमस्टे संचालनमा ल्याइएको छ । तर उक्त होमस्टे विना दर्ता नै संचालनमा आएको बुझिएको छ । चित्लाङ घुम्न आउने पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले ओलिभ होमस्टे नाम दिइ खोलिएको होमस्टे कानूनी प्रक्रिया पूरा नगरी संचालन भएको हो । फर्ममा रहेको जैतुन बगैचा तथा अल्पका नामको जनावर हेर्न पाइने भन्दै प्रचारमा ल्याइएको उक्त होमस्टेले मापदण्ड समेत पूरा गरेको छैन ।