Friday, 11th September, 2026
वि.स.

चित्रबहादुर केसी भन्छन् "हामी पनि एमाले माओवादी गठबन्धनमा आउँदैछौं"

राष्ट्रिय जनमोर्चा पार्टीले एमाले–माओवादी गठबन्धनसँग चुनावी तालमेल गर्ने तयारी थालेको बुझिएको छ । यसबारेमा पार्टीले निर्णय गरिनसकेको भएपनि वाम गठबन्धनसँग तालमेल गरेर चुनाव लढ्ने सम्भावना धेरै रहेको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । 

अहिले गठबन्धनका दलसँग र पार्टीभित्र पनि यसबारे छलफल भइरहेको उनले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले तालमेल गरेर चुनाव लड्न आग्रह गरेपनि आफूले बाम गठबन्धनसँगै मिलेर जाने सम्भावना धेरै रहेको तर यसबारे पार्टीले आधिकारिक निर्णय गर्न बाँकी रहेको जाकारी गराएको पनि केसीले बताए ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०