Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिए

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता भएलगत्तै गृहमन्त्रीले राजीनामा दिएका हुन् । 

गृहमन्त्री निधीले स्वकीय सचिवमार्फत प्रधानमन्त्री प्रचण्ड सामू राजीनामा पत्र बुझाएका हुन् । आजैको मितिदेखि राजीनामा दिएको भने पनि उनले राजीनामाको कारण भने खुलाएका छैनन् ।

निधीले राजीनामा पत्रमा लेखेका छन्, ‘संविधानमा संशोधन गरी सबैको संविधान बनाउने पक्षमा र निर्वाचनको पक्षमा पूर्ववत सक्रिय रहे रहने छु ।’