addddddddddddd-1584769826.jpg
Tuesday, 11th August, 2020
वि.स.

गुणस्तरीय शिक्षण सिकाइमा ध्यान दिन जरुरी–प्रमुख खुलाल

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले मकवानपुरमा अब गुणस्तरीय शिक्षण सिकाईमा ध्यान दिन जरुरी रहेको बताएका छन्  छ । १६ साउनमा मकवानपुरको थाहा नगरपालिका–११ टिष्टुङ स्थित वागेश्वरी माध्यामिक विद्यालयको नवनिर्मित २९ कोठे भवन हस्तान्तरण कार्यक्रममा प्रमुख खुलालले जिल्लामा शैक्षिक क्षेत्रमा राम्रा राम्रा भौतिक संरचनाहरु निर्माण भएको तर अब त्यसमा गुणस्तरीय शिक्षण सिकाई कसरी गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिन जरुरी रहेको बताए । 

प्रमुख खुलालले भुकम्पको चपेटामा धेरै नागरिकले दुख भोग्नु परेको भए पनि शैक्षिक क्षेत्रमा बिशेष गरि मकवानपुरको शैक्षिक क्षेत्रको भौतिक प्रगति भने अतुलनिय भएको बताए । उनले सरकारले शिक्षा क्षेत्रमा यती धेरै लगानी गरेर ठुला– ठुला सञ्रचना निर्माण गरेको तर शिक्षाको गुणस्तर सुधार हुन सकेन भने त्यो प्रभावकारी नहुने बताए । उनले अब स्थानीय सरकार, शिक्षक, अभिभावक र विद्यार्थी मिलेर शैक्षिक गुणस्तर सुधारमा लाग्नु पर्ने बताए । सो अवसरमा प्रमुख खुलालले समय अगावै निर्माण सम्पन्न गर्ने निर्माण कम्पनी, जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षा परामर्शदाता कम्पनीलगायत सम्पुर्णलाई धन्यवाद समेत दिए । 

कार्यक्रममा थाहा नगरपालिकाका मेयर लबशेर बिष्टले विद्यालयको पुनर्निर्माणमा सहयोग गरेको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणप्रति आभार व्यक्त गरेका थियो । उनले विद्यालयमा गुणस्तर सुनिश्चितताका लागि योजनावद्ध ढंगले लागेको समेत बताए । 

२०७२ सालको भूकम्पले ध्वस्त बनाएको उक्त विद्यालयमा हाल रााष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन ईकाई (शिक्षा) बाट ठेक्का प्रकृया मार्फत निर्माण कम्पनी स्वोछन्द खानी जे भी ले समय अगावै भवन निर्माण गरेर हस्तान्तरण गरेको हो । केन्द्रिय आयोजना कार्यान्वयन ईकाई (शिक्षा) बाट ठेक्का प्रकृया मार्फत पुनर्निर्माण गरिएको विद्यालय भवन जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षा मार्फत विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । ३ वटा भवनमा २० वटा कक्षा कोठा, प्रअ, शिक्षक कोठा, ल्याब, पुस्तकालय, प्रशासनिक कक्षसहित कुल २९ कोठा निर्माणमा जम्मा ८ करोड, ६२ लाख, ३१ हजार ७०४ रुपैया तथा शौचालय, फर्निचर, घेराबारा र वाल निर्माणमा एक करोड गरि कुल ९ करोड ६२ लाख ३१ हजार ७०४ रुपैयामा निर्माण सम्पन्न भएको हो । जाइकाकाे सहयाेगमा मकवानपुरमा ४१ वटा विध्यालय निर्माण भइरहेकाेमा अब १४ वटा निर्माणकाे चरणमा रहेकाे तथा अन्य हस्तान्तरण भइसकेका छन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरणमान बलको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षाका प्रमुख बद्री पाठक, थाहा नगरपालिकाका शिक्षा प्रमुख शोभाकर रेग्मी, थाहा–१२ का वडाअध्यक्ष मान बहादुर स्याङ्तान, हेटौंडा उपमहानगरपालिका ८ नम्बर वडाअध्यक्ष गोपाल श्रेष्ठलगायत सहयोगी संस्था, निर्माण कम्पनी, कन्सल्टेन्ट संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती थियो ।

 

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)







Fohor-Add-1532704684.jpg
thah-COO-1587359073.png