Bhumi11-1619166617.jpg
Friday, 7th May, 2021
वि.स.

गाउँपालिका तथा नगरपालिका कमिटि बनायो एमालेले ( संयोजकको नामवली)

हेटौँडा,१० चैत्र
नेकपा एमाले मकवानपुर जिल्ला कमिटिले स्थानीय निकाय र्पुसंरचना अन्र्तगत पार्टी संगठन निर्माण गरेको छ । एमालेको आज बसेको जिल्ला कमिटिको बैठकले मकवानपुरको सबै गाउँपालिका, हेटौँडा उपमहानगरपालिका तथा थाहा नगरपालिकामा संगठन कमिटि निर्माण गरेको हो । बैठकले हेटौँडा उपमहानगरपालिकाको संयोजकमा गोपाल श्रेष्ठ तथा सह संयोजकमा हरिबहादुर महतलाई जिम्मेवारी दिएको छ भने थाहा नगरपालिकाको संयोजकमा विष्णु ढकाल तथा सह संयोजकमा बुद्धरत्न मानन्धरलाई जिम्मेवारी प्रदान गरेको छ ।  
बैठकले वागमति गाउँपालिकाको संयोजकमा अणराज जर्गा तथा सह संयोजकमा शर्मिला विकलाई चयन गरेको छ । बकैया गाउँपालिका संयोजकमा पद्मा पौडेल तथा सह संयोजकमा दलबहादुर वाईवालाई चयन गरेको छ । त्यसैगरि मनहरी गाउँपालिका संयोजकमा राजाराम स्याङतान तथा सहसंयोजकमा नवराज सुवेदी, मकवानपुर गढी गाउँपालिका संयोजकमा तेजप्रसाद लम्साल तथा सहसंयोजकमा बिदुर हुमगाईलाई चयन गरेको छ । त्यस्तै भीमफेदी गाउँपालिका संयोजकमा हिदम लामा, सहसंयोजकमा भगवती पुडासैनी, इन्द्रसरोबर गाउँपालिका संयोजकमा देबकृष्ण पुडासैनी तथा सहसंयोजकमा जीवन लामा, कैलाश गाउँपालिका संयोजकमा टंकबहदुर मोक्तान तथा सहसंयोजकमा बुद्धीबहादुर मोक्तानलाई चयन गरिएको छ भने राक्सीराङ गाउँपालिका संयोजकमा लालबहादुर थापा तथा सहसंयोजकमा सुन्तली चेपाङलाई चयन गरिएको एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठले बताए ।  

एमाले अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको बैठकमा एमाले केन्द्रीय सदस्य विरोध खतिवडा, एमाले नेताहरु डोरमणी पौडेल, रामेश्व राना, पुरुषोत्तम पौडेल लगायतको आतिथ्यता रहेको थियो ।