nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

गाउँपालिका केन्द्रमा एमालेको बैठक

हाँडीखोला र मनहरीलाई गाभेर बनाइएको नयाँ गाउँपालिकाको केन्द्रमा एमालेले बैठक बसाएको छ । 
साबिकको मनहरी ८ रजैयामा एमालेले दुबै गाविसका एमालेका अगुवाहरुका लागि एकदिने प्रशिक्षणात्मक कार्यशाला आयोजना गरेको हो । नेकपा एमालेले मकवानपुरमा सञ्चालन गर्न लागेको ४ महिने अभियानको तयारी स्वरुप मनहरी गाउँपालिकाको कार्ययोजना निर्माणका लागि बसेको बैठकमा केन्द्रीयदेखि गाउँतहसम्मका नेताहरु सहभागी थिए ।
मकवानपुरका नयाँ संरचना अनुसार एमालेले आफ्ना गतिविधि केन्द्रित हुनेगरी मंसीरदेखि फागुन महिनासम्म अभियान चलाइरहेको छ । एमाले जिल्ला कमिटीका उपसचिव तथा अभियानका मनहरी गाउँपालिका संयोजक मीना लामाको सभाध्यक्षतामा भएको कार्यशालामा साबिकका दुबै गाविसका वडा÷वडा तथा टोल÷टोलमा पुगेर संविधानको ब्याख्या, संविधानमा उल्लेख भएका व्यवस्था र एमालेको घोषणापत्र तथा विकासका काममा तत्कालीन सरकारले ल्याएको बजेट लगायतका बिषयमा आम मानिसहरुलाई जानकारी दिने उद्देश्य लिइएको छ । कार्यशालामा एमाले नेतृत्वले ल्याएको बजेट कार्यान्वयन हुन नदिन गरिएको षड्यन्त्रको पर्दाफास गर्दै जनविरोधी तत्वहरुको भण्डाफोर गर्नेबारे समेत छलफल भएको छ । कार्यक्रममा केन्द्रीय लेखा आयोग सदस्य पीवी गोले, ३ नं प्रदेश कमिटी सदस्य रामेश्वर राना, एकराज उप्रेती, अभियान अनुगमन समितिका सदस्य रघुनाथ खुलाल, माननीय सांसद तथा जिल्ला कमिटी सदस्य राजाराम स्याङ्तान, जिल्ला सदस्यहरु गौतम बुद्ध लामा, नवराज सुवेदी, गौतम लामासहित क्षेत्रीय कमिटीमा पदाधिकारी र सदस्यहरु, गाउँकमिटीका अध्यक्षहरु र मोर्चा संगठनका जिल्ला नेताहरुको उपस्थिति रहेको थियो । 
गाउँपालिकाको केन्द्रमा एकपछि अर्काे राजनीतिक गतिविधि र चहलपहल बढेपछि स्थानीय बासिन्दाहरु पनि खुसी हुँदै गएको र जग्गाको भाउ समेत बढेको एमाले ८ नं वडा कमिटी अध्यक्ष पर्वदेव अधिकारीले बताए ।