Monday, 7th September, 2026
वि.स.

गणेश पहाडी : गाविस अध्यक्षदेखि मन्त्रीसम्म !

IMG_20210611_043657-1623366087.jpg

साढे दुई दशक पहिले निर्विरोध गाविस अध्यक्ष निर्वाचित भएका गणेशकुमार पहाडी २७ जेठमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीका रूपमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले  विस्तार गरेकाे मन्त्रिपरिषदमा उनले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे जिम्मेवारी पाएका हुन्। नवनियुक्त मन्त्री पहाडी विसं. २०७४ को चुनावमा सिन्धुली–१ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । नेकपा (एमाले) को नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी दोस्रो संविधान सभाको चुनावमा पनि त्यही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यसअघि उनी विसं. २०५४ मा खाङसाङ गाविसमा अध्यक्षका रूपमा निर्विरोध निर्वाचित भएका थिए । 

पार्टीमा उनी विसं. २०६७ मा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएका थिए । विसं. २०३९ मा अनेरास्ववियु एकता (पाँचौँ) बाट राजनीति सुरु गरेका पहाडी विसं. २०४८ मा नेकपा (एमाले) को सिन्धुली काठमाण्डाै सम्पर्क मञ्चको संयोजकसमेत भए । उनी विसं. २०६५ मा जिल्ला कमिटी सचिव र विसं. २०६६ मा जिल्ला संयोजक भएका थिए । 

स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उनी दुवै पटक सांसद् हुँदा प्रतिनिधि सभाको विकास समितिको सदस्य भएका थिए । यसअघि गएकाे पुसमा प्रधानमन्त्री ओलीले गरेकाे मन्त्रिपरिषद् विस्तारमा गणेश सिंह ठगुन्नाले याे मन्त्रालयको जिम्मेवारी पाएका थिए । रासस



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

IMG_20210611_043657-1623366089.jpg