nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 14th May, 2024
वि.स.
1000043965-1707579226.jpg

गणेशमान सिंहको २२ औं स्मृतिदिवसमा शोकसभा

नेपाली कांग्रेस मकवानपुरले कांग्रेसका संस्थापक एवम् २०४६ को जनआन्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहको २२ औँ स्मृति दिवसमा २ असोजमा हेटौंडामा शोकसभा गरेको छ ।

कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको शोकसभा कार्यक्रममा नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको बारेमा चर्चा गरिएको थियो । सभापति बानियाँले एकदलिय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिष्टलाई बहुदलिय प्रजातन्त्र ल्याउन महत्वपूर्ण भूमिका लौहपुरुष सिंहको रहेको बताउँदै जेल तोडेर भागी वीपी कोइरालासंग मिलेर २००३ सालमा कांग्रेस स्थापना गरी राणा हटाउने क्रान्तिका अगुवा रहनुभएको स्मरण गरे ।

शोकसभा कार्यक्रममा वक्ताहरुले बीर गणेशमान सिंहको नेपाललाई यहाँसम्म ल्याउन र नेपाली कांग्रेसलाई यो स्थानसम्म पु¥याउन महत्वपूर्ण भूमिका रहेको बताएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विष्णुप्रसाद लामिछाने, सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपी विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्यहरु, क्षेत्रीय सभापतिहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमूखहरुको उपस्तिथि रहेको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg