Thursday, 10th September, 2026
वि.स.

खुकुरी प्रहारबाट मृतक परिवारलाई रोटरीका बालबालिकाको सहयोग

आफ्नो खाजा खाने पैसा कटाएर मनहरी ७ स्थित राष्टिय रोटरी माध्यमिक विद्यालयका विद्यार्थीहरुले खुकुरी प्रहारबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गरेका छन् । 

उनीहरुले संकलन गरेको ११ हजार एक सय ८५ रुपियाँ बिहीबार मृतक परिवारलाई हस्तान्तरण गरिएको हो । मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीमार्फत मृतक परिवारलाई रकम दिइएको थियो । सो क्रममा वडा अध्यक्ष ठाकुरराम तितुङ, विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पौडेल, व्यवस्थापन समिति अध्यक्ष शालिकराम बानियाँ, शिक्षक अभिभावक संघका अध्यक्ष बाबुराम थिङ, मनहरी एफएमका व्यवस्थापक तथा विद्यालयका सल्लाहकार शिवकुमार काशी लगायतको सहभागिता रहेको थियो । 

१० दिनअघि मनहरी ७ समिल डाँडामा सुमन बराइलीले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा स्थानीय ५२ बर्षीय सीताराम धिताल, उनको छोरा १६ बर्षीय सुदन धिताल र ६२ बर्षीय जीतबहादुर ब्लोनको ज्यान गएको थियो । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०