nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

को को हुन् इन्द्रसरोवर गाउँपालिकामा संविधान कार्यान्वयन अभियान टोलीका  कमाण्डरहरु ?

संविधान कार्यान्वयनको लागि नेकपा एमालेको जनपरिचालन अभियान अन्तर्गत मंगलबार मकवानपुर इन्द्रसरोवर गाउँपालिकाको कुलेखानीमा सम्पन्न भेलाले गाउँस्तरका कमिटिहरु मार्फत अभियान थप सशक्त बनाउने निर्णय गरेको छ । 

मकवानपुर २ नम्बर क्षेत्रका सांसद तथा एमाले नेता सुभाष चन्द्र ठकुरीको प्रमुख आतिथ्यमा भएको भेलाले साविक गाउँ कमिटिहरु मार्फत संविधान कार्यान्वयनको लागि जनपरिचालन गर्न समितिहरु बनाएको छ । संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान इन्द्रसरोवर गाउँपालिकाका संयोजक मदन दाहालको अध्यक्षतामा भएको भेलाले मार्खु गाउँ कमिटिको बैठक मंसीर १८ गते गर्ने र योजना निर्माण भेला मंसीर २५ गते गर्ने निर्णय भएको छ । भेलाले मार्खुमा अभियान प्रमुख देवकृष्ण पुडासैनीलाई तोकेको छ भने सदस्यहरुमा झमकलाल बलामी, राजु बस्नेत र लक्ष्मी रिमाल चुनिएका छन् ।

त्यसैगरी कुलेखानी गाउँ कमिटिको बैठक मंसीर १९ गते तथा योजना निर्माण भेला मंसीर २६ गते गर्ने निर्णय भएको छ । कुलेखानीमा अभियान प्रमुख जिवन लामा तथा सदस्यहरुमा प्रताप लामा, बैकुण्ठ थापा, कृष्ण बहादुर भ्लोन, ज्ञानी लामा, बिनोद सापकोटा र रत्न बहादुर थापा चयन भएकाछन् । सिस्नेरी गाउँ कमिटिको बैठक मंसीर १७ गते तथा योजना निर्माण भेला मंसीर ३० गते गर्ने निर्णय भएको छ । सिस्नेरीमा अभियान प्रमुख ऋषि पुडासैनी तथा सदस्यहरुमा चिरन्जीवी पौडेल, राजन ठकुरी, राजेश पाख्रिन, दिपक ठकुरी र उमा लामा चयन भएकाछन् । 

त्यस्तै फाखेल गाउँ कमिटिको बैठक मंसीर १८ गते तथा योजना निर्माण भेला पौष ९ गते गर्ने निर्णय भएको छ । फाखेलमा अभियान प्रमुख राजुमान महर्जन तथा सदस्यहरुमा धनवीर स्याङ्तान, धनराज स्याङ्तान, श्रमिक लामा र उमेश बस्नेत चयन भएकाछन् । मोर्चा संगठन तर्फ अभियान प्रमुखमा राजन ठकुरी चयन भएकाछन् । सदस्यहरुमा भने रत्न थापा, रोशन ठकुरी, राजेश सापकोटा, विष्णु महर्जन, ज्ञानी लामा, श्रमिक लामा र उमा लामा चयन भएकाछन् । 

इन्द्रसरोवर गाउँपालिकाको कुलेखानीमा भएको संविधान कार्यान्वयनको लागि जनपरिचालन अभियान सम्बन्धी भेलामा अभियान टोलीको जिम्मेवारी, कार्यक्रमको योजना तर्जुमा, प्रशिक्षणका मुख्य विषयहरु, अभियानको क्रममा टोलीले गर्नुपर्ने कामहरुलगायतको विषयमा छलफल भएको थियो ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)