Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

को-को छन् माओवादी मकवानपुरका उमेद्वारहरु ?

प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मकवानपुरले उम्मेद्वार छनोटको विषयमा छलफल गरेको छ । आगामी २१ मंसीरमा हुने दुई निर्वाचनका लागि छलफल गर्न बसेको बैठकले माओवादीबाट उमेद्वार हुने आकांक्षीहरुको  विवरण तयार भएको माओवादी मकवानपुरका एक नेताले बताए । उनका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको लागि केन्द्रमा सिफारिस गर्नेको नामवली तयार भइसकेको छ।

माओवादी स्रोतका अनुसार प्रतिनिधिसभा क्षेत्र नंबर १ बाट  रामनारायण विडारी र क्षेत्र नंबर २ बाट कुमारी मोक्तानलाई उमेद्वार बनाइने भएको छ । 
त्यस्तै प्रतिनिधिसभा क्षेत्र नंबर १ अन्र्तगत प्रदेशसभा क्षेत्र नंबर १ बाट प्रेम बहादुर पुलामी, कमान सिंह पाख्रिन, ज्ञान सागर लामा, भिम पाख्रिन र लोकनाथ गौतमको नाम सिफारिस हुने भएको छ । 

प्रदेशसभा क्षेत्र नम्बर दुईका लागि  प्रकाश चन्द पाण्डे, बाल कृष्ण चौलागाईं, कमल चन्द सुमन र डिबि लामाको नाम केन्द्रमा सिफारिस हुने भएको छ भने प्रतिनिधिसभा क्षेत्र नंबर २ अन्र्तगत प्रदेशसभा क्षेत्र नंबर १ बाट बिष्णु बिष्ट, अरुण रायमाझी, अप्सरा लोप्चन र विनायक गोलेको नाम सिफारिस भएको छ । 

त्यसैगरी प्रदेश सभा क्षेत्र नम्बर दुईका लागि ओम बहादुर घलान, बाल कुमार मल्ल, इन्द्र बहादुर थिङ, र  राम प्रसाद कालाखेतीको नाम केन्द्रमा सिफारिस हुने जनाइएको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)