Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कोही भोकै नपर्ने र भोकै मर्ने अवस्था आउन नदिने–मुख्यमन्त्री पौडेल

dormani-paudel-1588316181.jpg

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मजदुर दिवसको सवैमा शुभकामना दिएका छन् । उनले यो लकडाउनको अवधिमा पनि कोही भोकै नपर्ने र कोही भोकै नमर्ने अवस्था निर्माणमा सरकार दृढ रहेको वताए । सामाजिक सञ्जाल फेसबुक पेज मार्फत शुभकामना दिदैं उनले भन्नुभएको छ–‘सारा चिजबिजको उत्पादन र निर्माणका मूलस्रोत मजदुरहरुलाई संसारले सम्झने दिन मइ दिवस अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवसको सम्पूर्ण श्रमजीवी मजदुरहरुलाई धेरै धेरै शुभकामना । नेपाली मजदुरहरुले आफ्नो हकहित प्राप्तिसंगै मुलुकमा राजनीतिक परिवर्तनका लागि समेत ठूलो योगदान पुर्याएकाछन । आधुनिक समाजमा हरेक नागरिकका हरेक क्रियाकलापहरु एउटा मजदुरको श्रमका कारण प्रभावित हुन्छन् ।’

कृषि मजदुरका कारण गास, निर्माण मजदुरका कारण बास, गार्मेन्ट मजदुरका कारण कपासको व्यवस्था भएको उनले वताए । अहिलेको लकडाउनका कारण दैनिकीमा मजदुरहरुका प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परेको उनले वताए। उनले फेसबुक पेजमा लेखेका छन्–‘समाज र राष्ट्रका लागि ठूलो योगदान दिने मजदुरहरुको भविष्य सुरक्षीत हुनुपर्छ । जीवनभर उत्पादन र निर्माणमा पसिना बगाएका मजदुरहरुको जीवनको उत्तरार्धको समय सुरक्षीत गर्ने दायित्व राज्यको हो भन्ने कुरा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले महसुस गरेर नै सामाजिक सुराक्षा कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।’

बागमती प्रदेश सरकार पनि मजदुरहरुको हकहित र पेशागत सुराक्षाका लागि प्रतिवद्ध रहेको उहाँले वताउनुभएको छ । हाल देशमा कोरोना भाइरस विरुद्ध लकडाउन गरिएको वताउँदै उनले भने–‘ यस्तो अवस्थामा मुलतः मजदुर त्यसमा पनि दैनिक ज्यालादारीका मजदुरहरुलाई समस्या परेको यथार्थबाट सरकार अनविज्ञ छैन । त्यस्ता समस्यामा परेका मजदुरहरुलाई राहत उपलब्ध गराउन स्थानीय तहमार्फत काम भइरहेको छ । कोही भोकै नपर्ने र कोही भोकै नमर्ने अवस्था निर्माणमा सरकार दृढ़ छ ।’ सामाजिक एवं भौतिक दुरी कायम गरी उद्योग तथा कलकारखानाहरु सञ्चालन गर्ने तयारी पनि थालिसकिएको हुँदा दैनिक ज्यालादारी गर्ने मजदुरहरुले समेत काम विहिन भएर बस्नुपर्ने अवस्था चाडै अन्त्य हुने मुख्यमन्त्री पौडेलले वताए।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०