Tuesday, 16th June, 2026
वि.स.

कोरोना महामारी रोकथामका उपायसहितको मन्त्रालयले ल्यायाे यस्तो मापदण्ड (पूर्णपाठ पढ्नुहोस्)

Healtha-1591977561.png

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन खुकुलो बनाएका बेला कोरोना महामारी रोकथामका उपायसहितको मापदण्ड ल्याएको छ ।

कोभिड १९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्यको मापदण्ड–२०७७ मा महामारीबाट बच्न जमघटमा २ मिटर दूरी कायम गर्न, घरबाहिर निस्कदा मास्क अनिवार्य लगाउन र नियमित हात धुनुपर्ने उल्लेख गरिएको छ ।

मास्क सर्जिकल वा ३ तहको कपडाको मास्क लगाउन भनिएको छ । त्यस्तै सबै सार्वजनिक स्थल तथा कार्यालयले आफ्नो परिसरमा हात धुने साबुन र पानी वा स्यानिटाइजसको अनिवार्य व्यवस्था मिलाउने पनि मापदण्डमा उल्लेख छ ।

त्यस्तै मापदण्डमा अनावश्यक वस्तु तथा सतह नछुने, आँखा कान र मुखमा अनावश्यक नछुने, खोक्दा वा हाँच्छ्यु गर्दँ रुमालले वा कुहिनाले मुख छोप्ने, सार्वजनिक स्थलमा नथुक्ने, पैसाको कारोबार गर्दा सकेसम्म विद्युतीय माध्यमबाट गर्ने, ज्वरो आएको, खोकी लागेको र श्वासप्रश्वासमा समस्या भएका व्यक्ति अरुको सम्पर्कमा नजाने पनि उल्लेख गरिएको छ ।

कार्यालयहरुले प्रत्येक दिन काम सुरु गर्नुअघि सबैको ज्वरो नाप्ने र १००.४ डि ग्री फरेनहाइट भन्दा बढी ज्वरो देखिए काममा नलगाउने, फेस रिडिङबाट हाजिरको व्यवस्था मिलाउने वा सुपरीवेक्षकले अभिलेख राख्ने, खोकी लागेका र श्वासप्रश्वासमासमस्या देखिएका व्यक्तिलाई काममा नलगाउने, उपचार र आरामको व्यवस्था मिलाउनुपर्नेछ । त्यस्तै शौचालय दिनमा कम्तीमा २ पटक सरसफाइ गर्ने, धेरै प्रयोग हुने ढोका, टेबुल, मेसिनका ह्यान्डलहरु बारम्बार सफा गरिरहने पनि मापदण्डमा उल्लेख छ ।

हेर्नुहोस् मापदण्ड



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०