Friday, 19th June, 2026
वि.स.

कोरोनाको नाममा जथाभावी चन्दा संकलन नगर्न आग्रह

थाहा नगरपालिका क्षेत्रमा जथाभावी चन्दा संकलन नगर्न नगरपालिकाले सूचना जारी गरेको छ । कोरोना भाइरस संक्रमण तथा रोकथाम नियन्त्रणको सहायताको नाममा गैरकानूनी ढंगले कुनै पनि संघ/संस्था/व्यक्तिले चन्दा संकलन नगर्न सूचनामा भनिएको छ । 

यसको नियन्त्रणको लागि नगरपालिकाले इलाका प्रहरी कार्यालय पालुङसंग समन्वय गरिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालय थाहा नगरपालिका संयोजक विवेक विडारीले जानकारी दिए । 

यदि कसैले त्यस्तो गरेको थाहा पाए वा जानकारी आएमा नगरपालिकामा खबर गर्न पनि सचिवालयले अनुरोध गरेको छ ।