nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

को, कुन प्रदेश प्रमुख ?

राष्ट्रपतिले पदमुक्त गरेपछि रिक्त रहेको सात प्रदेश प्रमुखका लागि सरकारले नेकपाको सक्रिय राजनीति गरिरहेका व्यक्तिलाई सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’ प्रदेश १, बाँकेका तिलक परियार प्रदेश २ र झापाका विष्णु प्रसाईं प्रदेश ३ र म्याग्दीमा जन्मिएर चितवनलाई राजनीतिक थलो बनाएका अमिक शेरचन गण्डकी प्रदेश प्रमुखमा सिफारिस गरेको हो । यस्तै सिराहका धर्मनाथ यादव प्रदेश ५, बैतडीका गोविन्द कलौनी कर्णाली प्रदेश र काठमाडौंकी शर्मिला त्रिपाठी सुदुरपश्चिम प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवि भण्डारीले मंगलबार सपथ गराएपछि उनीहरुले प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् । सोमबार बिहान बसेको नेकपा सचिवालय बैठकले सातवटै प्रदेश प्रमुखहरुको नाम छानेको थियो । सिफारिसमा परेका मध्ये ४ जना पूर्व एमाले र ३ जना पूर्व माओवादी पक्षका छन् । अधिकारी, प्रसाईं, यादव र कलौनी पूर्व एमालेका हुन् भने परियार, शेरचन र त्रिपाठी पूर्व माओवादी पृष्ठभूमिका हुन् ।

पार्टीले सिफारिस गरेपछि मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखहरुको नियुक्तिको निर्णय गरेर राष्ट्रपति समक्ष नाम पठाएको हो । मन्त्रिपरिषद्को आइतबारको बैठकले पूर्ववर्ति शेरबहादुर देउवा सरकारले नियुक्त गरेका सातै जना प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को सिफारिसमा आइतबार साँझ राष्ट्रपतिले पदमुक्त गरेकी थिइन् ।

को कुन प्रदेश प्रमुख?

प्रदेश १ - सोमनाथ प्यासी

प्रदेश २ - तिलक परियार

प्रदेश ३ - विष्णु प्रसाई

गण्डकी - अमिक शेरचन

प्रदेश ५- धर्मनाथ यादव

कर्णाली - गोविन्द कलौनी

सुदुरपश्चिम - शर्मिला त्रिपाठी

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)