nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 10th May, 2024
वि.स.
1000043965-1707579226.jpg

कैलाश गाउँपालिकाका जनप्रतिनीधले दिए वडा कार्यालय बनाउन जग्गा दान

lalpurja11-696x412-1567907060.jpg

मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर १० का अध्यक्ष माणिकलाल मुक्तानले आफ्नै वडा कार्यालयलाई १५ धुर जग्गा दान गरेका छन् । 

अध्यक्ष मुक्तानले जग्गा पास पास गरेर दिएका हुन् । वडा अध्यक्ष मुक्तानले कैलाश गाउँपालिका वडा नम्बर १० को कार्यालय भवन बनाउन जग्गा नभएपछि १५ धुर निःशुल्क पास गरेर दिएको १० नम्बर वडासचिव रामचन्द्र शिवाकोटीले बताए । आफ्नै वडा कार्यालय भाडामा राखिरहनु परेकोले गाउँपालिका र वडालाई भवन निर्माण गर्न मार नपरोस भनेर वडाअध्यक्ष मुक्तानले १५ धुर जग्गा निःशुल्क पास गरेर दिएको बताए ।

कैलाश गाउँपालिकाका सामाजिक परिचालक मोहन पौडेल र वडासचिव शिवाकोटीको रोहवरमा मालपोत कार्यालयबाट कैलाश गाउँपालिका वडा नम्बर १० को नाममा १५ लाख बराबरको कित्ता नम्बर १५७९ को १५ धुर जग्गा पास गरेर दिएका हुन् । वडाअध्यक्ष मुक्तानले अब केही समयमानै आफ्नै जग्गामा भवन बनाएर वडा कार्यालय संचालन गरिने बताए । मुक्तान कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित जनप्रतिनीधि हुन् । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)