Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

कैलाशबासीद्वारा पाहुना उम्मेदवार "तिरस्कार घोषणा"

मकवानपुरको क्षेत्र नं ४ का निबर्तमान सांसद राजाराम स्याङ्तानको उम्मेदवारीले कैलाश गाउँपालिकामा उत्साह छाएको छ । हरेक चुनावहरुमा काँग्रेसले पाहुना उम्मेदवार उठाउँदै आएकामा आफूहरुले भने दोस्रोपटक पनि आफ्नै भेगको उम्मेदवार पाएकामा उनीहरुले खुसी ब्यक्त गरेका हुन् । 

कैलाश गाउँपालिकाको वडा नं १ र २ तथा ४ र ५ मा आयोजित नेकपा एमालेको अगुवा कार्यकर्ता भेला तथा घरदैलो भेटघाटमा स्थानीय उम्मेदवारलाई जिताउन आफूहरु मरिमेटेर लाग्ने उद्घोष उनीहरुले गरेका थिए । नयाँ संविधान निर्माणका लागि स्याङ्तानलाई धन्यबाद दिँदै उनीहरुले यसअघि बाँकी रहेका विकास निर्माणका कामलाई तीब्रता दिन पनि स्याङ्तानको आवश्यकता रहेको सुनाएका थिए । 

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता रामहरि सुवेदी, बालकुमार मल्ल तथा एमालेका नेता महेश बर्ताैला र लालबहादुर थापाले मकवानपुरमा बाम किल्लालाई कसैले धक्का दिन नसक्ने बताए । केही ठेकेदारहरु चुनाबमा आएपनि उनीहरु अन्ततः ठेकेदारीमै फर्किनुपर्ने अबस्था मंसीर २१ गतेपछि आउने नेताहरुले ठोकुवा गरे । 

जातीय हिसाबले पनि स्याङ्तानलाई मकवानपुर क्षेत्र नं २ को प्रदेश ख मा निर्बाचनका लागि सहज देखिएको छ । तामाङ बसोबास रहेको क्षेत्रमा तामाङ उम्मेदवार हुनुको फाइदा समेत उनले उठाउँदैछन् भने २०७० सालको निर्बाचनमा समेत लामो मतान्तरले उनले जितेका छन् । त्यतिखेर ३ हजार ४ सय मतको फरकमा उनले तत्कालीन माओवादीका उम्मेदवारलाई हराएका थिए भने काँग्रेसका उम्मेदवार उमा दाहालको कूल ५ हजार ५ सय मात्र मत आएको थियो । 

अहिले स्थानीय तहमा पनि एमालेले जितेका अधिकाँश क्षेत्रहरुमा स्याङ्तानलाई सहज छ । मनहरी, हेटौँडा ३ र १९ तथा कैलाश गाउँपालिकामा एमालेको जीत भएको थियो भने राक्सिराङमा मात्र काँग्रेसको जीत भएको थियो । बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनकाबीच तुलना गर्ने हो भने यस क्षेत्रमा ६ हजार ५ सय मतले बाम गठबन्धन अगाडि छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)