nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

के छ माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा परेको उजुरीमा? (पूर्णपाठ)

thumb-1625661746.jpg

एमालेभित्रका ‘पूर्वमाओवादी’ नेताहरुले नेकपा (माओवादी केन्द्र)को दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । पूर्वमाओवादी नेता लीलाबहादुर थापाको नेतृत्वमा रामचन्द्र मण्डल, गिरिधारिलाल न्यौपानेलगायतले २३ असारमा  निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् । 

‘माओवादी केन्द्रको तर्फबाट ४ जना संघीय सांसद, प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिमाथि कारबाही गरियो । त्यो कारबाही अवैधानिक छ । पार्टी अवैधानिक छ । किनभने ०६९ साल माघ २० देखि २६ सम्म महाधिवेशन भयो । त्यसपछि माओवादी केन्द्रको महाधिवेशन भएको छैन,’ थापाले भने, ‘निर्वाचन आयोगमा ०७३ सालभित्र महाधिवेशन गरिन्छ भनेर जानकारी गराइयो तर महाधिवेशन भएन । निर्वाचन आयोगमा दर्ता नभएका पार्टीलाई कानुनले चिन्दैन । अवैधानिक पार्टीले कारबाही गरिराखेको छ भनेर दाबी पेस गर्न हामी आयोग आएका हौं ।’

सर्वोच्च अदालतले २३ फागुनमा नेकपा खारेज गरेपछि एमालेमा लागेका सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको थियो । यस्तै, तत्कालीन राष्ट्रिय सभा सदस्य रामबहादुर थापा र चन्द्रबहादुर खड्कालाई पनि कारबाही गरेको थियो । चार सांसद पदमुक्त भएको सूचना संसद् सचिवालयले प्रकाशित गरी आयोगलाई जानकारी गराएको थियो ।

नेकपा (माओवादी केन्द्र)को हैसियत नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार गुमिसकेको हुँदा दल दर्ता गरिपाउँ भनेर निवेदन आएको र त्यो दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । ‘निवेदनमा पेस भएको व्यहोराको सन्दर्भमा सचिवालयमा अध्ययन भइसकेपछि त्यसबारे आयोगले केही निर्णय गर्छ,’ श्रेष्ठले भने ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)