nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

केशव स्थापित मन्त्रीबाट बर्खास्त

Keshav-Sthapit-1541154302.jpg

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् ।

१६ कार्तिको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग स्थापितको विवाद भएको थियो । उनको मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा छलफल हुँदा स्थापित र पौडेलबीच मन्त्रिपरिषद बैठकमा चर्चाचर्की नै भएको थियो ।

संविधानको धारा १६९ को उपधारा २ खण्ड ख बमोजिम मुख्यमन्त्रीले प्रदेश ३ का भौतिक पुर्वाधार मन्त्री केशव स्थापितलाई मन्त्रीको जिम्मेवारीबाट मुक्त गरिएको जनाइएकोृ छ । अब भौतिक पुर्वाधार विकास मन्त्रालय मुख्यमन्त्रीले नै सम्हाल्ने भएका छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)