nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

केन्द्रिय नेता सहित नयाँ शक्तिमा डेढसय प्रवेश

जनमोर्चा नेपालका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला कमिटिका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र चेपाङ सहित १ सय ५० जना नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् ।

जनमोर्चाले लिएको सिद्धान्त जनहित अनुसार नभएको र पार्टीलाई एकल ढंगले चलाउन खोजिएको भन्दै जिल्ला सचिव देबेन्द्र खड्का, जिल्ला कोषाध्यक्ष शंकरबहादुर अधिकारी नयाँ शक्तिमा प्रवेश गरेको बताएकाछन् । मकवानपुरको हेटौंडामा भएको नयाँ शक्ति पार्टी मकवानपुरको विस्तारीत बैठकमा पार्टीकी केन्द्रीय कार्यकारी सदस्य सबिना अर्यालले उनीहरुलाई पार्टी प्रवेश गराएकी हुन् । फोटो: प्रल्हाद लामिछानेको फेसबुकबाट