Tuesday, 16th June, 2026
वि.स.

कृषि र रोजगारीलाई प्राथमिकता दिने बागमती प्रदेशको तयारी

BAGMATI-1589348743.jpg

कोरोना भाइरस (कोभिड १९) को त्रासपछी लाखौ जनाको रोजगारी गुमेकाले बागमती प्रदेश सरकारले रोजगारीलाई प्राथमिकता दिन लागेको छ । प्रदेश सरकारले कृषि र रोजगारीलाई वढी प्राथमिकता दिएर वजेट ल्याउनका लागि तयारी थालिएको हो । बिदेशमा रहेका सयांै युवा स्वदेश फर्कने तयारीमा रहेको र स्वदेशमै रहेका युवा पनि वेरोजगार रहेको अवस्थामा कृषिलाई प्राथमिकता दिन लागिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले जानकारी दिए ।

बिशेषगरी किसानलाई खुसीपार्नेगरी वजेट ल्याउन लागिएको उनले वताए। साना किसान ठुला किसान भन्दा पनि सवैखालका किसानलाई प्राथमिकताका साथ जोड दिएर वजेट ल्याउन लागिएको उनले वताए । जमिन बाँझो राख्न नदिनेगरी नीतिमै उल्लेख गरेर काम थालिएको मन्त्री ढुंगेलले वताए।

अव किसानलाई अनुदान भन्दा पनि ऋण दिने व्यावस्था गर्न लागिएको वताउँदै उनले भने–‘किसानलाई कुनैपनि क्षेत्रमा ऋण भन्दा पनि कृषि विकास बैक मार्फत सघुलिएत दरमा ऋण लिएर काम गर्ने वातावरण तयार गर्दै छौं ।’ बिदेशबाट फर्किएका युवालाई पनि खेती किसानी गर्नसक्ने वातावरण तयार पार्न लागिएको उनको भनाई छ । आउँदो वजेटमा मकवानपुरको भिमफेदी कुलेखानी सुरुङमार्ग, प्रदेशसभाको भवन निर्माण, मन्त्रालयहरु निर्माण लगायतका क्षेत्रमा वढी प्राथमिकता दिइने उनले वताए ।

वाग्मती प्रदेश सरकारले कृषि र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्ष ५० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । असार १ गते बजेट ल्याउने गरी विभिन्न चरणमा छलफल भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।  बजेट अधिवेशन जेठ पहिलो साता बोलाउने तयारी छ ।

आगामी बजेटमा कृषि र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखिने आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए । ‘उत्पादनमा वृद्धि गर्ने गरी बजेटले विशेष कार्यक्रम सम्बोधन गर्नेछ । अहिलको संकटलाई हेरेर आउने वर्षको बजेट तयार गर्दै छौं,’ उनले भने । मुख्यमन्त्री डोरमणि पौडेलले केही दिनअघि सबै मन्त्री तथा सचिवहरूसँग छलफल गर्दै कोरोना महामारीसँगै बजेटको तयारी पनि अघि बढाउन मन्त्रालयलाई निर्देशन दिएका छन् ।

प्रदेश नीति तथा योजना आयोगले पनि कृषि र उत्पादनमै जोड दिएर बजेट आउने जनाएको छ । ‘अहिलेको संकटले अर्थतन्त्रलाई ठूलो प्रभाव पारेको छ,’ आयोग सदस्य श्याम बस्नेतले भने, ‘यो क्षतिको परिपूरण कृषि र उत्पादन क्षेत्रबाट मात्रै सम्भव छ ।’ उनका अनुसार प्रदेश अझै खाद्यान्नमा आत्मनिर्भर भइनसकेकाले कृषिलाई व्यवसायीकरण गर्दै उत्पादनमा जोड दिनुपर्छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०