nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कुलेखानी तेस्रो निरीक्षणः युद्धस्तरमा काम गर्न प्रधानमन्त्रीको निर्देशन

pp-1481962970.jpg

प्रधानमन्त्री पुष्पकमल दाहालले कुलेखानी—३ आयोजनाका निर्माण कम्पनी र कर्मचारीहरुलाई युद्धस्तरमा काम गर्न निर्देशन दिएका छन् । राष्ट्रिय गौरव आयोजनाको निरीक्षण एवं अनुगमन गर्ने क्रममा २ पौषमा मकवानपुरको भैंसेस्थित सानुटारमा निर्माणाधिन कुलेखानी ३ को विद्युत गृह र सुरुङको निरीक्षण गर्दै प्रधानमन्त्रीले ‘वार फुटेट’ काम गर्न र तोकिएको समय भन्दा अगावै निर्माण पूरा गर्ने निर्देशन दिए । आगामी साउनको १५ गते भन्दा अगावै आयोजनाको निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिदै भने, ‘समय अगावै काम सम्पन्न गर्ने आयोजना प्रमुख र कर्मचारीहरुलाई पुरस्कृत गरिने छ ।’ विकास निर्माणका कार्यहरु ढिलो  र अपारदर्शी भएकाले जनताहरुको धैर्यको बाँध टुटने अवस्थामा पुगेकाले सवैले छिटोछरितो र पारदर्शी ढंगले परिणामुखी कार्य गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका थिए । 

कुलेखानी तेस्रो जलविद्युत आयोजनाको निर्माण कार्य आयोजनाको ७७ प्रतितशत काम सकिएको छ । इलेक्ट्रो मेकानिकलतर्फको कार्य ४० प्रतिशत पनि सकिएको छैन ।  निर्माण कार्य ढिला भएकाले आयोजनाको लगानी पनि बढ्दै गएको छ । करिब ५ अर्ब भन्दा बढी रकम खर्च हुने अनुमान गरिएको छ  । २०६४ चैतदेखि काम सुरु गरिएको उक्त आयोजना २०६८ सालमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो ।    

१४ मेगावाट विद्युत उत्पादन हुने कुलेखानी तेस्रो जलविद्युत आयोजनामा करिब चार अर्ब खर्च भइसकेको छ  ।