Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

कुन जिल्लामा कहिले हुँदैछ चुनाव ? हेर्नुहोस् सूची

Election-n-1504232965.jpg

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन दुई चरणमा सम्पन्न गर्ने बिहीबार निर्णय गरेको छ ।  १० मंसिरमा पहिलो चरणमा हिमाली र उच्च पहाडी ३२ जिल्ला तथा २१ मंसिरमा पहाडी र तराईका ४५ जिल्लामा दुवै निर्वाचन एकसाथ सम्पन्न गरिने आयोगद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले १० र २१ मंसिरको दुई चरणमा दुवै तहका निर्वाचन गर्ने निर्णय लिएको थियो ।

आयोगका अनुसार पहिलो चरणमा प्रदेश १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङमा निर्वाचन हुनेछ । यस्तै, प्रदेश ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश ५ का रूकुम (पूर्वी भाग) र रोल्पामा सोही चरणमा चुनाव हुनेछ ।
यसैगरी, प्रदेश ६ का रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीका मतदाताले पहिलो चरणमा मत खसाल्न पाउने छन् ।

दोस्रो चरणमा प्रदेश १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरीमा निर्वाचन हुने छ । प्रदेश २ का सबै जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा पनि दोस्रो चरणमा चुनाव गराइने छ ।

यस्तै, प्रदेश ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रे, काठमाडौं, ललितपुर र भक्तपुर, प्रदेश ४ का नवलपरासी -बर्दघाट सुस्ता पूर्व) तनहुँ, कास्की, स्याङ्जा र पर्वतमा सोही चरणमा चुनाव हुनेछ ।

यसैगरी, प्रदेश ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया, प्रदेश ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीका मतदाताले दोस्रो चरणमा मत दिन पाउने छन् ।