nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

कुन अवस्थामा स्थानीय तहले भ्रमण स्वीकृति नपाउने ?

आयोजकले खर्च नबेहोर्ने कार्यक्रममा स्थानीय तहबाट वैदेशिक भ्रमणमा जान नपाइने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि वैदेशिक भ्रमणको नयाँ मापदण्ड तोक्दै यस्तो व्यवस्था गरेको हो ।

मापदण्ड अनुसार अब आफैंले खर्च व्यहोर्ने गरी कुनै पनि कार्यक्रममा सरकारले स्थानीय तहलाई भ्रमणको अनुमति दिने छैन । वैदेशिक भ्रमणका सन्दर्भमा कतिपय स्थानीय तहबाट सम्बन्धित स्थानीय तहलाई प्रत्यक्ष आर्थिक फाइदा नहुने कार्यक्रममा पनि वैदेशिक भ्रमणको प्रस्ताव पेश गर्ने गरेको मन्त्रालयले उल्लेख गरेको छ ।

भ्रमण दलमा अनावश्यक रुपमा अत्यधिक सदस्य समावेश गर्ने र विदेशस्थित विभिन्न अन्तरराष्ट्रिय गैरसरकारी संस्थारव्यक्तिबाट आफैले आमन्त्रणपत्र मगाउने प्रवृत्ति बढेपछि कडाई गर्नु परेको मन्त्रालयको भनाइ छ । आयोजकले खर्च व्यहोर्ने अवस्थामा पनि अधिकतम ३ जनासम्मको भ्रमण टोलीलाई स्वीकृति दिइने मापदण्डमा उल्लेख छ ।

सरकारले स्थानीय तहका पदाधिकारीको वैदेशिक भ्रमणलाई व्यवस्थित बनाउन ‘स्थानीय तहका पदाधिकारीहरुको विदेश भ्रमण सम्बन्धित निर्देशका २०७५’ र स्थानीय तहका कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका, २०७५’ कार्यान्वयन समेत गरिरहेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)