nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

कुनै पनि हालतमा राजधानी सर्न नदिने प्रतिबद्धता

मकवानपुरका राजनीतिक दलका प्रतिनिधिहरुले कुनै पनि हालतमा हेटौंडाबाट ३ नम्बर प्रदेशको राजधानी सर्न नदिने प्रतिबद्धता जनाएका छन । १२ कार्तिकमा जिल्ला सान्वय समिति मकवानपुरले समन्वय समितिको गतिविधि र हालसम्म गरिएका कार्यको बारेमा जानकारी दिन आयोजना गरेको सर्वदलिय कार्यक्रममा सहभागि संघीय तथा प्रदेश सांसद तथा राजनैतिक दलका प्रतिनिधिहरुले राजधानी सर्न नदिने बताएका हुन ।

राजधानी मकवानपुरबासिको प्रतिष्ठाको कुरा भएकोले राजधानी अन्त लान खोजे जुनसुकै मुल्य चुकाउन पछि नपर्ने उनिहरुले बताएका छन । मकवानपुरमा राजधानी आउ“दा कहि कतैबाट विरोध नभएकोले यसलाई लान खोजे देशले पुन अशान्तिको सामना गर्नुपर्ने बताएका हुन । अहिलेको केन्द्रिय सरकारले साच्चै समृद्धि चाहेको हो भने राजधानीको सवालमा राजनैतिक सहमति गर्नू पर्ने बताएका छन । राजधानी अन्त लानखोजे मकवानपुरका १५ हजार जनता सडकमा आन्दोलनमा उत्रने उनिहरुको भनाई रहेको थियो । आन्दोदन अथवा समृद्धि के चाहिने हो केन्द्र सरकार र राष्ट्रिय पाट्रिहरुले निर्णय गर्ने कुरा हो । उनिहरुको भनाई रहेको थियो । उनिहरुले राजधानी टिकाउन सबै एकजुट हुनुपर्ने धारणा राखेका छन ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको सर्वदलिए बैठकमा मकवानपुरका संघिय तथा प्रदेश सांसद तथा मकवानपुरका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संघीय सांसदहरु बिरोध खतिवडा र कृष्ण दाहाल, राष्ट्रिय सभा सांसद रामचन्द्र राई, प्रदेश सांसदहरु मुनु सिग्देल, प्रेमबहादुर पुलामी, ओमबहादुर घलानलगायत सहभागी रहेका थिए । त्यस्तै नेकपा मकवानपुरका केदार न्यौपाने, नेताहरु बद्री लम्साल, नेपाली कांग्रेसका विष्णु लामिछाने,राष्ट्रिय प्रजातन्त्र पार्टीका मधु अधिकारी,संघिय समाजवादी फोरमका अध्यक्ष शुभरत्न गोले लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख खुलालले जिल्ला सान्वय समिति मकवानपुरले हाल सम्म गरेको गतिविधि र कामका बारेमा जानकारी गराएका थिए ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)