Monday, 15th June, 2026
वि.स.

कार्यालय नआएकालाई सार्वजनिक विदा

नेपाल सरकारले लकडाउनका अवधिमा घरमा बसेका कर्मचारीहरुको साे अवधिको विदालाई सार्वजनिक विदा कायम गरी तलब भत्ता दिने निर्णय गरेको छ ।

१५ वैशाखमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सो निर्णय गरेको हाे । 

सो सूचना अनुसार सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले विदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाइ आएको तलब भत्ता पाउने गरी सो अवधिलाई कार्यालय प्रमुखले सार्वजनिक विदा कायम गर्ने निर्णय गरेको हाे ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०