Monday, 15th June, 2026
वि.स.

काउन्सिलिङमा थाहाका महिला स्वास्थ्य स्वयंसेविका अघि सरे

गाउँघरमा कोरोना भाइरसको महामारीको समाचार जति बाहिर आउँछ त्यको सर्तकता भन्दा पनि त्रास बढेपछि थाहा नगरका महिला स्वास्थ्य स्वयंसेविकाहरु त्यसको काउन्सिलिङमा अघि सरेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालयले नगरका स्वास्थ्य संस्थाहरुमा आवद्ध स्वयंसेविकाहरुलाई सतर्कताको विषयमा काउन्सिलिङमा सहभागी हुन निर्देशन गरेपछि यस्तो कार्य थालनी गरिएको हो । 

थाहा नगरपालिका क्षेत्रमा नगर बाहिर वा अन्य देशबाट समेत भित्रिएका नागरिक र सहजै सूचनाको पहुँच नभएका नागरिकहरुलाई महिला स्वास्थ्य स्वयंसेविकाहरुले महामारीको विषयमा सतर्कता तथा रोकथामका लागि अपनाउनुपर्ने सावधानीको विषयमा काउन्सिलिङ थालिएको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरलिे जानकारी दिए । 

थाहा नगरपालिकामा ६३ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०