Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कांग्रेसले सरकारविरुद्ध मकवापुर सहित देशभर प्रदर्शन गर्दै

prees-meet-1607923825.jpg

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार बागमती प्रदेशको राजधानी हेटौंडा सहित देशभर प्रदर्शन गर्ने भएको छ । प्रदर्शनपछी हेटौंडामा हुने कार्यक्रममा काग्रेश सभापति शेरबहादुर देउवा र प्रवक्ता विश्व प्रकास शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको काग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले बताए ।

सरकार सर्वसत्तावादको अभ्यासमा लागेको भन्दै कांग्रेसले हेटौंडा सहित ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो । तनहुँमा पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अवरोध गरेपछि आक्रोशित बनेको कांग्रेस सडकमा उत्रिएको हो। देशमा भ्रष्टाचार बढेको, प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरी नागरिकको स्वास्थ्यमाथि खेलबाड गरेकोले बाध्य भएर प्रदर्शन गर्नुपरेको कांग्रेसको भनाइ छ ।

सोमबार हुने विरोधका कार्यक्रममा ७७ वटै जिल्लामा केन्द्रीयस्तरका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी सभापति शेरबहादुर देउवाले हेटौंडामा र वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाण्डौमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०