nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

कांग्रेसले वडा तहसम्मै विरोध प्रदर्शन गर्ने

Congress-CC-Meeting-1-1609678430.jpg

प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । १९ बसेको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरेको हो ।

केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार पुस २५ गते देशभरका ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्नेछ । त्यसपछि माघ ३ गते ७५३ वटै स्थानीय तहमा र माघ ८ गते ६७४३ वटै वडामा प्रदर्शनको कार्यक्रम तय भएको उनले बताए ।

प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिन कांग्रेसले कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)