nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

काँग्रेस वडा सभापतिसहित दुईदर्जन युवा नेकपामा प्रवेश

राक्सिराङ गाउँपालिका ७ नं वडामा नेपाल कम्युनिस्ट पार्टीको कार्यकर्ता भेला भएको छ ।

१५ वैशाखमा भएको कार्यकर्ता भेलामा नेपाली काँग्रेस र राप्रपा परित्याग गरी दुईदर्जनभन्दा बढी व्यक्तिहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको नेकपाले जनाएको छ । प्रवेश गर्नेहरुमा साविक काँकडा गाविस अन्तर्गतका वडा सभापति सोनाम प्रजा, जबरसिंह प्रजा, हानाबहादुर प्रजा, कमलबहादुर चेपाङ, सुकबहादुर चेपाङ, अनिषा चेपाङ, रामहरि चेपाङ, सन्तबहादुर चेपाङ लगायत रहेको राक्सिरा गाउँपालिकाका नेकपाका नेता बनस्तम थिङले जानकारी दिए ।

पूर्णवहादुर चेपाङको सभाध्यक्षतामा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाका प्रदेश कमिटी सदस्य एबम सांसद ओमबहादुर ग्लान (प्रदीप) ले काँग्रेसले झुटो आश्वान बाँडेर जनतालाई भ्रम छरेको भए पनि जनताले अब कुरो बुझिसकेको बताए । उनले प्रदेशको चुनावमा काँग्रेसले चेपाङ र तामाङ समुदायमा पुगी गरिव जनतालाई कुखुराको मासु र चिउरामा अल्मल्याउने काम गरेको र आम गरिव जनताको अपमान गरेको बताए । ‘सँधै गरिवीको व्यापार गरेर काँग्रेस कहाँ पुग्दो रहेछ भनी हामीले हेरिरहेका छौँ’, ग्लानले भने–‘जनताले कुरा बुझिसकेकाले अब काँग्रेसलाई राम राम मात्र भन्ने दिन आइसकेको छ ।’

कार्यक्रममा नेकपाका नेता एबम् तत्कालीन राक्सिराङ गाउँपालिका अध्यक्षका प्रत्यासी लालबहादुर थापाले मालिकहरुलाई अझ धनी बनाउने र गरिवहरुलाई किन्ने ढंगको पक्षपाती विकास निर्माणको काम भइरहेको भन्दै काँग्रेस नेतृत्वको आलोचना गरेका थिए । कार्यक्रममा जिल्ला सचिवालय सदस्य एबम् पूर्व सांसद गोबिन्दराम चेपाङ, जिल्ला सदस्य बनस्तम थिङ खुशिलाल चेपाङ, कृष्ण बहादुर चेपाङ्ग, सुन्तली चेपाङ लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।  काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्दै तत्कालीन वडा सभापति सोनाम चेपाङले वडालाई भ्रस्टाचार र लुटको अखडा बनाएको र सोझा साझा चेपाङहरुको अधिकार लुट्ने चेपाङहरु नै नेताका रुपमा काँग्रेसमा मौलाउँदै गएको भन्दै आफूहरुले पार्टी परित्याग गर्नुपरेको बताए ।

भेलाले पूर्णबहादुर प्रजाको अध्यक्षतामा २९ सदस्यीय वडा सम्मेलन आयोजक कमिटी गठन भएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)