nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

काँग्रेस राप्रपा नामको गधा चढेर आयो– खतिवडा

नेकपा एमालेका केन्द्रिय सदस्य एबम् बामगठबन्धनका तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उमेद्वार बिरोध खतिवडाले देशमा गणतन्त्र आएपछि जनताले काँग्रेस बायुपंखी घोडा चडेर आउने आशा गरेपनि राप्रपा नामको गधा चढेर आएको बताएका छन् । २७ कार्तिकमा मकवानपुरको कैलाश गाउँपाकिला स्तरीय भएको चुनाबी सभामा बोल्दै उनले काँग्रेसलाई जनताले थोरै बिश्वास गरेपनि अहिले काँग्रेसले अहिले झन झन आफ्ना जनमत गुमाउँदै गएको बताए । 

त्यस्तै कार्यक्रममा बोल्दै क्षेत्र नम्बर २ प्रदेश सभा ख का उमेद्वार राजाराम स्याङतानले आफुले जनताको म्याण्डेड अनुसार काम गरेको बताए । यस अघि पनि जनताको प्रतिनिधि बनाएकोमा धन्यबाद दिंदै स्याङतानले आगामी कार्यकालमा पनि जनताको भाबना अनुरुप अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा बामगठबन्धनका क्षेत्र नम्बर २ का निर्बाचन परीचालन कमिटिका संयोजक एकालाल श्रेष्ठ, सहसंयोजक ओम घलान, प्रदेश ख का संयोजक लालबहादुर थापा, अनेरास्वबियुका केन्द्रिय उपाध्यक्ष महेश बर्तौला, माओबादि नेता बालकुमार मल्ल, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान, उपाध्यक्ष सुकुमाया थिङलगायत सहभागि थिए । 
    
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)