nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

काँग्रेस-माओवादीकेन्द्र प्यानलद्वारा जिल्ला समन्वय समितिमा उम्मेदवारी दर्ता

1-1501669822.jpg

जिल्ला समन्वय समिति मकवानपुरको निर्वाचनको लागि नेपाली काँग्रेस र एमाओवादी प्यानलका प्रमूख र उपप्रमूखसहित ९ जनाले बुधबार उम्मेदवारी दर्ता गराएका छन् ।
काँग्रेसको तर्फबाट प्रमूखसहित ४ जना सदस्य र माओवादी केन्द्रको तर्फबाट उपप्रमूख सहित ३ जना सदस्यले उम्मेदवारी दिएका छन् ।
काँग्रेसबाट प्रमूखमा कृष्णप्रसाद दाहाल, सदस्यहरुमा सुवातसिं थिङ (खुल्ला), महिला सदस्यहरुमा सावित्री घिमिरे, राधिका सुनार र मैनाकुमारी गोलेले उम्मेदवारी दिनुभएको हो । त्यस्तै माओवादी केन्द्रको तर्फबाट उपप्रमूखमा विजयकुमार भ्लोन, खुला सदस्यहरुमा रुपचन्द्र गोपाली, गोमा गोतामे र दलित महिला सदस्यमा लिला कुमारी विक उम्मेदवारी दिनुभएको हो । 
उम्मेदवार दर्ता गराउन काँग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु आ–आफ्नो पार्टी कार्यालयबाट ¥यालीसहित जिल्ला समन्वय समितिको कार्यालयमा पुगी मूख्य निर्वाचन अधिकृत दयाराम ढकालसमक्ष उम्मेद्वारी दर्ता गराएका थिए ।