nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

काँग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानीयाँ विरुद्ध उजुरी दर्ता

download-1493035999.jpg

नेपाली काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानीया विरुद्ध निर्वाचन आचरसंहिता उलङ्घन गरेको भन्दै उजुरी दर्ता भएको हो ।

मकवानपुरको मुख्य निर्वाचन कार्यालयमा बाँनीया विरुद्ध उजुरी परेको हो । निर्वाचनको आचरसंहिता बिपरित सुरक्षाकर्मी समेत लिएर कार्यक्रममा सहभागि भएको, जनतामा आतंक सृजना गरेको भन्दै उजुरी दर्ता भएको बुझिएको छ ।

उजुरीको विषयमा जानकारी दिँदै मुख्य निर्वाचन कार्यालयका अधिकृत शेषराज दाहालले एमाले अध्यक्ष मुनु सिग्देलले राज्यमन्त्री बाँनीया बिरुद्ध २ वटा उजुरी दर्ता गरेको बताए । 

बानियाँ नेपाल सरकारका बहालपाला गृह राज्यमन्त्री हुन् ।  निर्वाचन कार्यलयले उजुरीको विषयमा छानविन हुने बताएको छ ।