Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

काँग्रेस मकवानपुरले लौहपुरुष गणेशमानको १०३ औं जन्मजयन्ती मनायो

नेपालमा प्रजातन्त्र स्थापना र पुनः स्थापनाका लागि जीवनभर संघर्ष गर्नुभएका योद्धा एवं विस २०४६ का जनआन्दोलनका सर्वोच्च कमाण्डर स्व गणेशमान सिंहको २४ कार्तिकमा १०३ औं जन्मजयन्ती नेपाली काँग्रेस मकवानपुरले मनाइएको छ । नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व वीपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका गणेशमान सिंह कांग्रेसले लिएका हरेक कदममा वीपीसँगै सहभागी हुनुभएको थियो । 

राणा शासनविरुद्धको आन्दोलनदेखि २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव र सरकार २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रमाथि गरेको कू, सबै सुख–दुःखमा वीपी र गणेशमान सँगै रहेर जनताको पक्षमा काम गर्नुभएको थियो । यातनासहित पटक–पटक निर्वासन र जेलजीवन बिताउनुभएका सिंहले नेपाली जनतालाई सर्वभौम बनाउने लोकतान्त्रिक आन्दोलनलाई सँधै निरन्तरता दिनु भएको थियो । 

विपरित धारमा रहेका कांग्रेस र कम्युनिष्टहरुलाई प्रजातान्त्रिक आन्दोलनमा एक साथ उभ्याउन उहाँले २०४६ सालमा खेलेको भूमिका अविस्मरणीय छ । २०४६ सालमा प्रजातन्त्रिक आन्दोलनको सफलतासँगै प्राप्त भएको प्रधानमन्त्रीको पद पनि सिंहले अस्वीकार गर्नुभएको थियो । ०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनःस्थापना र २०४७ को संविधान निर्माण पछि उहाँले सरकारको नेतृत्व गर्ने नेताहरुलाई आर्थिक क्रान्तिमा लाग्न बारम्बार घच्घच्याउनु भएको थियो । त्यसो नगरेसम्म राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धि प्रजातन्त्र, स्थीर र स्थायी नहुने उहाँको बुझाई थियो ।

नेपाली काँग्रेसका उपसभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा उहाँको तस्विरमा माल्यापर्ण गरी जन्मजयन्ती मनाइएको हो ।  नेपाली काँग्रेस मकवानपुरका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्य राजिव सुवेदी, विजयकुमार तिमिल्सिना, डिएलएका केन्द्रीय सदस्य केशवप्रसाद काफ्ले, सल्लाहकार एवं प्रतिनिधिसभा १ को प्रदेश सभा २ का उम्मेदवार अशोक शाक्यले सिंहको योगदानको बारेमा चर्चा गर्नुभएको कार्यक्रममा १ नम्बर क्षेत्रीय सभापति दामोदर खनाल, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, शिक्षक संघ अध्यक्ष रामकुमार अधिकारी, तामाङ संघ अध्यक्ष चम्फुरत्न लामा, किसान संघ अध्यक्ष लक्ष्मी गौतमलगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको काँग्रेस मकवानपुरका प्रवक्ता कोईरालाले बताउनुभयो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)